८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बैशाखमा चुनाव हुँदैन, कांग्रेसले आफ्नो महाधिवेशन गर्नतिर ध्यान दिनुपर्छः डा.रिजाल

नेपाली कांग्रेस बाँकेले आयोजना गरेको भेटघाटलाई सम्बोधन गर्दै नेता डा. मिनेन्द्र रिजाल । तस्बिर : अर्जुन ओली/नागरिक

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले केवल सत्ता लम्ब्याउनका लागि चुनावको मिति घोषणा गरेको बताए।  

चुनावमा जान नेपाली कांग्रेसलाई अहिले नै हतार नभएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य रिजालले पहिले संविधानलाई जोगाउने अनि मात्र निर्वाचनमा जानुपर्ने स्पष्ट पारे। काम चलाउ ओली सरकारले एकपछि अर्को निर्णय गरेर राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको पूर्वमन्त्री रिजालको आरोप छ। ओली सरकारले जनतालाई यतिखेर जग्गा दिने उधारो आश्वासन मात्र बाँडिरहेको उनले बताए।  

नेपाली कांग्रेसले आफ्नो महाधिवेशन गर्नका लागि सरकारको गतिविधीतिर अब ध्यान दिन नहुने केन्द्रीय सदस्य रिजालले जोड दिए। ‘सरकारले तोकेको चुनाव बैशाखमा कुनैपनि हालतमा हुँदैन, त्यसकारण कांग्रेसले आफ्नो महाधिवेशन गर्नतिर ध्यान दिनुपर्छ,’ उनले भने। सरकारले एकातिर चुनाव गराउने भनिरहँदा निर्वाचन आयोगले आचार संहिता लागू नगरेको रिजालले बताए।

प्रकाशित: ५ फाल्गुन २०७७ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App