७ वैशाख २०८१ शुक्रबार
राजनीति

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउबाले पटक पटक पार्टी हित बिपरितका निर्णय गर्दापनि आँफूले कहिल्यै औँला नउठाएको बताएका छन् । उनले पार्टीका हितकै लागि आँफूले देउबाको गलत कदमको बिरोधमा पनि औँला नउठाएको बताए । आँफू महामन्त्री भएका कारण सभापतिको आलोचना गर्दा खराब सन्देश जाने भएकाले आँफू मौन रहेको उनको भनाई छ ।

 ‘चुनावमा हामी माथि ठूलो प्रहार भयो, तर पनि मैले त्यो बेला समेत शेरबहादुर जि माथि औँला उठाएन,’ दाङ स्थित रेडियो स्वर्गद्धारी एफएम संग कुराकानी गर्दै कोइरालाले भने ‘म महामन्त्री भएका कारण सभापतिको आलोचना गर्दा खराब म्यासेज जान्थ्यो ।’ तर महाधिवेशनको मिति तोकिईसकेपछि सभापति देउबाले बिभाग गठन गरेपछि आँफू उनको बिरोधमा बोल्न बाध्य भएको कोइरालाको भनाई छ । उनले आउँदो अधिवेशनमा देउबाको बिदाई नै आफनो पहिलो प्राथमिकता रहेको उनले बताए । ‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’  

यसैगरि उनले कोइराला परिवारबाट पार्टी सभापतिका लागि ‘एक्लो’ उम्मेदवार चयन हुने समेत बताए । देउबाको बिदाई अनिवार्य भनेका कोइरालाले भने ‘कोइराला परिवारबाट दुईजना उम्मेदवारै हुँदैनन् ।’ सभापतिका आकांक्षी डा. शेखर कोईराला वा आँफूनै सभापतिको उम्मेदवार हुने भन्दै कोइरालाले दुबैजना एक अर्काको बिरोधमा नहुने समेत बताए । ‘कोइराला परिवारबाट एक्लो उम्मेदवार चुनिन्छौँ,’ उनले भने ‘दुईजना भन्ने नै हुँदैन ।’ 

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित आफूँहरुको समुहमा ५ जना सभापतिका आकांक्षी रहेको भन्दै उनले कार्यकर्ताको अपेक्षाका आधारमा सभापतिको उम्मेदवार चयन हुने बताए । ‘देउवा जि र बिमलेन्द्र जी उताबाट दुईजना हुनुहुन्छ,’ उनले भने ‘हामीहरु हाम्रो समुहमा ५ जना छौँ, तर को उम्मेदवार उठ्ने भनेर कार्यकर्ताको सल्लाह लिन कार्यकर्ता पंक्तीमा जान्छौँ, अनि कार्यकर्ताको भावना अनुसारको उम्मेदवार चयन गर्छौँ ।’  

एक अर्को प्रसंगमा उनले बामपन्थीहरु संग कुनै बिषयमा कांग्रेसले सहकार्य नगर्ने बताए । संसद पुनरस्थापना वा चुनाव भन्ने बिषयमा कांग्रेस आफ्नै तवरबाट अघि बढ्ने भन्दै उनले बामपन्थीसंग सहकार्य नहुने बताए ।   

प्रकाशित: २ फाल्गुन २०७७ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App