८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीभित्र एकता भएमा कांग्रेसलाई कसैले हराउन सक्दैनः शशांक कोइराला

कांग्रेस बाँकेले आयोजना गरेको भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइराला । तस्बिर : अर्जुन ओली/नागरिक

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र एकता भएमा नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले अबको चुनावमा कांग्रेसलाई कसैसँग पनि मिल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘हामी कसैको पक्षमा उभिनुपर्दैन, हामी एकतावद्ध भएर लाग्नुपर्छ,’ उनले भने ‘म च्यालेन्ज गर्छु, हामीलाई एमाले र माओवादीले हराउन सक्दैनन्, नेपाली कांग्रेसले जित्छ, त्यसको ग्यारेन्टी म लिन्छु।’  

पार्टीभित्रैबाट अन्र्तघात नभए नेपाली कांग्रेस नै आगामी चुनावमा पहिलो पार्टी हुने दाबी गरे। नेपाली कांग्रेसको आफ्नै इतिहास र विचार रहेको भन्दै कसैसँग पनि चुनावी तालमेल गर्न उचित नभएको प्रष्ट पारे। ‘हाम्रो पार्टीको अत्यन्त राम्रो इतिहास छ, त्यसैले हामी न ओली पक्षका हौं, न त प्रचण्ड–माधव नेपाल समूहका हौं, मेरो भनाई के हो भने हामी प्रतिपक्षमा छौं, हामीले प्रतिपक्षीको भुमिका निभाउनुपर्छ,’ उनले थपे।  

नेपाली कांग्रेस चुनावमा कसैसँग मिल्नुपर्ने आवश्यकता नरहेको भन्दै विगतको स्थानीय चुनावमा चितवनमा गरेको जस्तो गल्ती अब पार्टीले दोहार्‍याउन नहुने धारणा राखे। अर्को प्रसंगमा उनले अब पार्टीको महाधिवेशनतर्फ सबैको ध्यान जानुपर्ने बताए। यसका लागि पार्टीको क्रियाशिल सदस्यको नामावली जिल्लाबाट छिटो पठाउनुपर्ने बताए।

प्रकाशित: ५ फाल्गुन २०७७ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App