२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ललितपुर महानगरपालिका २ मा एमाले प्यानल विजयी

ललितपुर महानगरपालिका २ मा  नेकपा एमालेका राजेशकुमार महर्जन सहितको प्यानल विजयी भएको छ । वडा नम्बर दुईमा कांग्रेसका पवन बिष्ट निकटतम प्रतिद्वन्दी रहेका थिए।

धादिङमा एमाले १०, माओवादी ६ कांग्रेस ५ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।

एमालेका विद्यासुन्दर अघिअघि, साझाका किशोर पछिपछि

काठमाडौं महानगरपालिकाको मतगणनामा स्थापित पार्टीका उम्मेदवारलाई नयाँ दलका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। मंगलबार बिहानसम्मको मतगणनामा एमालेका विद्यासुन्दर शाक्य २०१ मतसहित अग्रस्थानमा छन्। साझा पार्टीका किशोर थापा १३१ मतसहित दोस्रो स्थानमा छन्।

एमाले ५, कांग्रेस र माओवादी ४/४ स्थानमा विजयी

पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमशः काँग्रेस र माओवादी पछिपछि देखिएका छन्।

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

काठमाडौंका दशमध्ये ६ नपामा एमाले , ४ मा काँग्रेसको अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा मतगणना भइरहेको छ। १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ। गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

भरतपुरमा रेणु दाहाललाई पछि पार्दै एमालेका देवी ज्ञवालीको अग्रता

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। सोमबार साँझदेखि सुरु भएको गणनामा १०० मत गनेर सकिएको छ। पहिलो सय मत गणना हुँदा एमालेका देवी ज्ञवालीले ४९ मतसहित अग्रता लिएका छन्। काँग्रेसले समेत समर्थन गरेकी प्रधानमन्त्री पुत्री रेणु दाहालले ४१ मत पाएकी छिन्।

बाग्लुङको प्रारम्भीक मतगणनामा एमाले अगाडि

स्थानीय निर्वाचन अन्तर्गत जिल्लामा आईतबार सम्पन्न मतदानको मतगणना कार्य शुरु भएको छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेले बताए। ‘

मुगुको नगरपालिकामा कांग्रेस, गाउँपालिकामा एमाले अग्रता

स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने प्राप्त एक गाउँपालिकाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

तीन महानगरपालिकामा एमालेको अग्रता

देशका ४ महानगरपालिका अहिले मतगणना भइरहेको छ। ४ महानगर मध्ये भरतपुरबाहेक ३ महानगरमा एमालेको अग्रता रहेको छ।

सबैभन्दा बढी स्थानमा एमालेको अग्रता

पछिल्लो मतपरिणामअनुसार ४ स्थानमा जितसहित २६ स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले १ महानगरपालिकासहित १६ नगरपालिका र ९ गाउँ पालिकामा एमालेले अग्रता लिएकाको हो।

अन्नपूर्ण–१ मा एमाले विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

बुढानिलकण्ठ नपामा एमालेको अग्रता

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार उद्धव खरेल ८७९ मत सहित अग्र स्थानमा छन्। काँग्रेसका राजु श्रेष्ठ ५५५ मत ल्याएर पछ्‌याइरहेका छन्। माओवादीका रवीन अधिकारीले २४८ मत पाएका छन्।

मेघाङ गाउँपालिका १ मा एमाले प्यानलनै विजयी

नुवाकोटको मेघाङ गाउँपालिकाको  मा वडा अध्यक्ष सहित सदस्यहरुमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्