काठमाडौं— पछिल्लो मतपरिणामअनुसार ४ स्थानमा जितसहित २६ स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले १ महानगरपालिकासहित १६ नगरपालिका र ९ गाउँ पालिकामा एमालेले अग्रता लिएकाको हो।
अकौ दल नेपाली कांग्रेसले एक स्थानमा जितसहित १० नगरपालिका ७ गाउँपालिकामा अग्रता छ। त्यसैगरी माओवादी केन्द्रले ४ नगरसहित ९ गाउँपालिकामा आग्रता लिएको छ।
एमालेका तर्फबाट चामे गाउँपालिका (मनाङ) लोकेन्द्र घले, नेस्याङ गाउँपालिका (मनाङ), कान्छा घले, से फोक्सुन्डो गाउँपालिका (डोल्पा) तासीतुन्दुक गुरुङ , काइके गाउँपालिका (डोल्पा) अंगद राना विजयी भएका छन्।
त्यसैगरी मनाङमा नासोङ गाउँपालिकामा काँग्रेसका चन्द्र घले विजयी भएका छन्। मुस्ताङको दालोमा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोप्ताङ च्याम्दोल विष्ट विजयी भएका छन्।
अहिलेसम्म जित्नेहरु
एमालेबाट
चामे गाउँपालिका मनाङ— लोकेन्द्र घले
नेस्याङ गाउँपालिका मनाङ—कान्छा घले
से फोक्सुन्डो डोल्पा— तासीतुन्दुक गुरुङ
काइके गाउँपालिका डोल्पा— अंगद राना
कांग्रेसबाट
नार्फु गाउँपालिका (मनाङ) मिङ्मा छिरिङ लामा
स्वतन्त्रबाट
दालोमा गाउँपालिका (मुस्ताङ) लोप्ताङ च्याम्दोल विष्ट (राजु)
प्रकाशित: १ जेष्ठ २०७४ १०:०९ सोमबार