२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नुवाकोटमा मतगणना जारी,  एमालेको अग्रता

नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ । एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ ।

काँग्रेस –एमाले कार्यकर्ताबीच झडप, चार घाइते

धादिङको नीलकण्ठ नगरपालिका–५ देउरालीमा  काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

धादिङमा एमाले कार्यकर्ताको हत्या

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ ।

हेटौँडामा मतगणना शुरु, थाहामा एमाले अगाडि

हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गएराति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि ढिलागरी मतगणना सुरु भएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले राजनीतिक दलका प्रतिनिधि आउन ढिला गरेकाले मतगणना करिब साँढे नौ बजेबाट शुरु भएको बताए ।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

मनाङका दुई गाउँपालिकामा एमाले विजयी

मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा एमाले लोकेन्द्रबहादुर घले विजयी भएको छ। २१४ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाले १७३ मत पाइन्।

ललितपुरमा एमालेले खाता खोल्यो

ललितपुरको महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ।

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन्। उनले भक्तपुरको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

दोलखाका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको एमाले आरोप

तामाकोशी गाउँपालिकाको एमालेका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले मतदानस्थल छोडेका छन्। पालिकाका विभिन्न स्थानमा काँग्रेस र माओवादीले बुथ कब्जा गरेको आरोप लगाउँदै उनले मतदानस्थल छाडेका हुन्।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

गगन थापालाई एमाले कार्यकर्ताको दुर्व्यवहार

कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापामाथि नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। निजी गाडीमा काठमाडौंको कपन पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट’ भन्दै एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

एमाले कार्यकर्तामाथि गोली प्रहार

भोजपुर नगरपालिका १ हेलौछामा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । हिजो साँझ ३४ वर्षीया शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्