६ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।

चीन-भारत प्रतिद्वन्द्विता: एसियाली भूराजनीतिमा प्रभाव

भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।

चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्। शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

हिमालय एअरलाइन्स्को चीन-नेपाल चार्टर्ड उडान

हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।

चिनियाँ राजदूतले गरे बुद्ध जन्मस्थल भ्रमण

नेपालका लागि चीनका राजदूत झेन सोङ प्राचीन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्।

चिनियाँ विदेश मन्त्रीसँग परराष्ट्र सचिव पौड्यालको भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्।

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।

परिस्थितिले एकै ठाउँमा चीन र रुस

मस्कोमा रुसी नेताहरूसँग चिनियाँ राष्ट्र प्रमुखका भेटघाट र सम्मेलनमा दुई पक्षीय सम्बन्धबारे छलफल र सम्झौताहरू हुनु सामान्य हो।

चीनले विदेशीमाथि लगाइएको भिसा प्रतिबन्ध हटायो

चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ। भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ।

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति चुनिएका छन्। उनले आफूप्रति बफादार ‘रबरस्टाम्प’ संसद्बाट शुक्रबार ऐतिहासिक रूपमा राष्ट्रपतिको तेस्रो कार्यकाल सुनिश्चित गरेका हुन्।

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव

आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ।

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड २६ लाख रहेकोमा सन् २०२२ मा यो १ अर्ब ४१ करोड १७ लाख ५० हजारमा ओर्लेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्