७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चिनियाँ राजदूतले गरे बुद्ध जन्मस्थल भ्रमण

तिलौराकोटको अवलोकन गर्दै नेपालका लागि चीनका राजदूत झेन सोङ। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

नेपालका लागि चीनका राजदूत झेन सोङ प्राचीन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनी हुँदै प्राचीन कपिलवस्तु आएका उनले बुद्धस्थल तिलौराकोट भ्रमण गरेका हुन्। राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा जानकारी गराएका थिए।

तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै उनले तिलौराकोटमा संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए। जापानिज फण्ड इन ट्रस्ट, नेसनल जियोग्राफी सोसाइटी अमेरिका र युनेस्को सहयोगमा ८ वर्षदेखि तिलौराकोटमा उत्खनन गरिएको छ। उनले उत्खननका उपलब्धि र अवस्थाबारे जनकारी लिएका थिए।

उत्खनन र अन्वेषणको उपलब्धि, प्राप्त प्रमाण, ऐतिहासिक पृष्ठभूमि लगायतका विषयमा जानकारी गराइएको थियो। राजदूत सोङले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पूर्वीद्वार, सपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। भ्रमण सकेर फर्कनेक्रममा राजदूत सोङले तिलौराकोटका प्रवर्द्धन र विकासका लागि आफूले पहल गर्ने बताए।

उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बुद्धस्थलको ठोस विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढनुपर्ने बताए। ३ वटा बुद्धहरूको जन्मथलोका पाइला टेक्न पाएकोमा आफू धन्य भएको भन्दै उनले प्राचीन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासका लागि हातेमालो गर्ने बताए। ‘यहाँका बुद्धस्थलको विकासका लागि हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

उनले आफ्नो देशमा रहेका करोडौं बुद्धमार्गीहरू प्राचीन कपिलवस्तु आउन लालाहित रहेको बताए। शान्तिका अग्रदूत तथा करौडोका आस्थाका केन्द्र रहेको बुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चीन सरकारले बुद्धस्थलको विकासका लागि सहयोग गर्न तयार रहेको बताए। तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद हो।  

प्रकाशित: २९ चैत्र २०७९ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App