६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्। शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्द विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए। उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न,अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए। उनले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीपहरू,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए।

उनले भने, ‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ। वास्तवमा, चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मार्दै र जारी राख्दै आएको छ, विकासका परिणामहरू प्रदान गर्न र हाम्रा जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने हाम्रो आशा र आकांक्षा हो।'

प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे। उनले विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन,मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकरको धेरै सहयोगको आवश्यकता रहेको बताए। उनले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न,अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गरे।

उनले भने,‘ नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग हाम्रो मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता हो। वास्तवमा, यो सहयोग विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, हाम्रा मानिसहरूलाई स्वास्थ्य सुविधाहरू प्रदान गर्न, हाम्रो मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न धेरै सहयोगी र आवश्यक भएको छ।’

प्रधानमन्त्री दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए। उनले कोभिड महामारीको बेला जीवन बचाउने भ्याक्सिन, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको भन्दै चीन सरकारलाई धन्यवाद दिए।

प्रकाशित: १५ वैशाख २०८० ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App