२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिवि उपकुलपतिका चुनौती

त्रिभुवन विश्वविद्यालय नेपाली उच्च शिक्षाको खुला प्रयोगशाला हो। देशमा विश्वविद्यालयको संख्या थपिँदै गए पनि अधिकांश विद्यार्थीको पहिलो रोजाइ यही संस्था हुँदै आएको छ। करिब १४ हजार शिक्षक र कर्मचारी साथै खर्बौँको अचल सम्पत्ति हुनु यसका सवल पक्ष हुन्। तर मानव संसाधन र साधन स्रोतको सही व्यवस्थापन नै त्रिविको जटिल समस्या हो। यसकै जनशक्ति प्रयोग गरेर देशका प्रायः सबैजसो निजी र सामुदायिक क्याम्पस चलेका छन्। तर त्रिविले ती संस्थाबाट हालसम्म कुनै आर्थिक र सामाजिक लाभ लिन सकेको छैन। एकोहोरो निजी र सामुदायिक क्याम्पसको उन्नयनमा लागेको त्रिवि आफैँ भने दिन÷प्रतिदिन ओरालो लाग्दो छ। त्रिविको नाम जोडेर सल्लाहकार, स्रोतव्यक्ति, विज्ञ वा फ्याकल्टीको रूपमा अन्यत्र काम गर्ने प्राध्यापकलाई नियमन गर्न नसक्ने हो भने त्रिविको सुधार गर्न असम्भव छ।

घुषसहित पक्राउ परे लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

‘बनाउन सक्दैनौ भने नभत्काऊ’

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु¥याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। त्यसैले बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ।

मंसिर २५ बाट अन्तरविद्यालय फुटबल

वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा मंसिर २५ बाट प्रथम वेस्ट काठमाडौं अन्तरविद्यालय फुटबल हुने भएको छ। १० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

यसैगरी, देवदह मेडिकल कलेज रूपन्देहीलाई ४२ लाख ९० हजार, विराट मेडिकल कलेज विराटनगरलाई २१ लाख ९० हजार र काठमाडौ विश्वविद्यालय धुलिखेललाई ३० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिन सो विश्वविद्यालयले परिपत्र गरेको छ।

कैयौं प्रदर्शनकारी विश्वविद्यालय हाताबाटै पक्राउ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।

ग्रिनल्यान्ड र न्यु समिट विजयी

ग्रिनल्यान्ड र न्यु समिटले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा अपराजित यात्रा कायमै राखेका छन् ।

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो।

कार्यान्वयन हुनेमा सरोकारवालाको शंका

३५ हजारभन्दा बढी सामुदायिक विद्यालयका महिनावारी उमेर समूहका छात्रालाई लक्षित सरकारले घोषणा गरेको सेनेटरी प्याड वितरण योजना अलपत्र परेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्राथमिकताका साथ नीति तथा कार्यक्रममार्फत घोषित कार्यक्रमलाई प्रधानमन्त्री कार्यालयले नै खुब महत्व दिएको भए पनि कार्यान्वयन फितलो बनेको छ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको उपलब्धी ५० प्रतिशत पनि पुगेन

सामुदायिक विद्यालयमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको चार वर्ष बित्नै लाग्दा पनि लक्ष्य अनुसारको प्रगति भने हासिल भएन।

रुप ज्योतीलाई रिहाई गर्न माग

हावर्ड विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले नेपालका ख्याति प्राप्त व्यवसायी डा. रुप ज्योतीलाई तत्काल रिहाई गर्न माग गरेको छन्।

ठडियो नमुना विद्यालय भवन

विश्वमै सामुदायिक वनको जन्मभूमि मानिने ठोकर्पामा सरकारद्वारा नमुना विद्यालय घोषित बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रूपैयाँ सहयोगमा विद्यालय भवन बनेको हो। सरकारद्वारा नमुना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्कीले बताए। ‘अत्याधुनिक विद्यालयभित्र सबै भौतिक पूर्वाधार र शैक्षिक सुविधा उपलब्ध छ,’ उनले नागरिकसँग भने।

विद्यावारिधि नै किन ?

हाम्रा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले अझैसम्म पनि पिएचडी डिग्रीका स्तरीय परिणामहरूलाई पदोन्नतिका आधार बनाएनन्, बरु उल्टै यसको प्रमाणपत्रलाई थप अंक प्रदान गर्दै आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्