२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड र न्यु समिट विजयी

काठमाडौं – ग्रिनल्यान्ड र न्यु समिटले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा अपराजित यात्रा कायमै राखेका छन् ।

शनिबार भएको खेलमा ग्रिनल्यान्डले दोहोरो जित निकालेको छ । राजीव आलेमगरको उत्कृष्ट प्रदर्शनमा ग्रिनल्यान्डले दोहोरो जित निकालेको हो । पहिलो खेलमा ग्रिनल्यान्डले कन्सुलेसनलाई ५७–३९ को स्कोरमा हराउँदा पोलिसिकलाई ६३–४९ को फराकिलो अन्तरमा हरायो ।

दुवै खेलमा सर्वाधिक स्कोर गरेका राजीवले कन्सुलेसनविरुद्ध ३० स्कोर गर्दा पोलिसिकविरुद्ध ४४ स्कोर गरेका थिए । न्यु समिटले नवजीवनमाथि ३९–३८ को रोमाञ्चक जित निकाल्यो । न्यु समिटका सुसाङ महर्जनले २८ स्कोर गरे । आयोजक भ्याली पब्लिक ‘ए’ र ‘बी’ ले जित निकालेका छन् । महिलातर्फ टिआइए र ग्रिनल्यान्ड पनि जित हात पारेका छन् ।

प्रकाशित: १ मंसिर २०७६ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App