२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

मंसिर २५ बाट अन्तरविद्यालय फुटबल

काठमाडौं – वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा मंसिर २५ बाट प्रथम वेस्ट काठमाडौं अन्तरविद्यालय फुटबल हुने भएको छ। १० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

‘खस्किँदै गएको फुटबलको स्तर बढाउन र ग्रासरुटबाटै दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो,’ थापाले भने। नैकापस्थित फुटबल मैदानमा हुने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा सञ्चालन हुनेछन्। प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलीले १५ हजार र प्लेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट केही खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराउने अध्यक्ष थापाले जानकारी दिए। वेस्ट काठमाडौं फुटबल क्लबले स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडसँगको सहकार्यमा हाल ८० जनालाई नियमित प्रशिक्षण गराउँदै आएको छ। उनले आगामी वर्षदेखि एकेडेमी सञ्चालन गरी प्रशिक्षण गराउने जानकारी दिए।

 

प्रकाशित: ७ मंसिर २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App