४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा

नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत सेग्रिगेसन हाउस निर्माण गरिएको हो।

सैनामैनामा अर्बको फोहोर प्रशोधन केन्द्र

विकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। नेपालमा भने संघ राजधानी काठमाडौंमै नदी र खोलानालालाई फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। राजधानीको पवित्र नदी बाग्मतीसमेत फोहोर फाल्ने नदीमा परिणत भएको छ।

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहोर विसर्जन गर्न सकिने

अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ।

बराहपोखरीको रातो माछा मरेको मर्‍यै

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्भल रातो माछा निरन्तर मर्न थालेका छन्।

फुङ्लिङमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न ७५ रोपनी जग्गा अधिग्रहण

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले निर्माण गर्ने फोहोर मैला व्यवस्थापन केन्द्रका लागि नगरपालिकाको वडा नं ३ (साविक वडा नं २)को करिव ७५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।

फोहोरको डम्पिङ बन्दै शैलुङ

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ एक स्वार्गको टुक्रा हो । यसबाट गौरीशंकर हिमाल, विभिन्न हिमशृङलाहरू देख्न सकिन्छ । जसले गर्दा वार्षीक लाखौ पर्यटक यस ठाउँमा घुम्न आउँछ । शैलुङ पर्यटक स्थल मात्र नभएर एक धार्मिक स्थल पनि हो । सैलुङका प्राय थुम्कामा प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी प्लास्टिक, पानीको बोतल, रक्सीको बोतलले भरिएको छ ।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

डन्डा नदी किनारमा फालिएको फोहोरको डंगुर गन्हाएर बस्नै नसकिने भएपछि गत बिैरहवाको मेउडिहवाका स्थानीयले फोहोर बोकेका नगरपालिकाका गाडीलाई बाटैबाट फर्काइदिए।

वनमा फोहोर फाल्न रोकः धरानमा दुई सातापछि प्रशोधन केन्द्र परीक्षण हुने, इटहरीमा अन्योल

वनक्षेत्रमा जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषित भएको छ भने फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले जंगली वन्यजन्तुको जीवनमा पनि असर पुगेको छ। कतिपय वन्यजन्तु घाइते हुने र फोहोर खान आएका बेला सिकारीको पासोमा पर्ने गरेका छन्।

जापानमा फोहोर खाद्यान्नबाट बिजुली

जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ। जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै ‘जे बायो फुड रिसाइकल’ कम्पनी खडा गरेको छ।

यूएइले दियो फोहोरबाट उर्जा उत्पादन गर्न नेपाललाई १ करोड अमेरिकी डलर

संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।

काठमाडौंको फोहोर बरेडाँडामा राखिने

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडामा ल्याण्डफिलड साइट निमार्णको काम भइरहेको छ। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरेडाँडमा अहिले ल्याण्डफिलड साइट निमार्ण भइरहेको हो।

सिसडोलबासीका दुःख

नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन्। शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन्।

ल्यान्डफिल्ड साइटको काम रोकिँदैन

स्थानीयको अवरोध आए पनि नुवाकोटको बन्चरे डाँडाँमा ल्याण्डफिल्ड साइटको निर्माण नरोकिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

त्रिशूलीमा सोझै फोहोर

चौबीसै घण्टा व्यस्त राजमार्ग वरपरका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र प्लास्टिकलगायत फोहोर खुला ठाउँमा पोल्ने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्ध र प्रदूषणको सास्ती भोग्दै आइरहेका छन्।

बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै हुन्छः मन्त्री मगर

खानेपानीमन्त्री वीना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्