१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

फोहोरको डम्पिङ बन्दै शैलुङ

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ एक स्वार्गको टुक्रा हो । यसबाट गौरीशंकर हिमाल, विभिन्न हिमशृङलाहरू देख्न सकिन्छ । जसले गर्दा वार्षीक लाखौ पर्यटक यस ठाउँमा घुम्न आउँछ । शैलुङ पर्यटक स्थल मात्र नभएर एक धार्मिक स्थल पनि हो । सैलुङका प्राय थुम्कामा प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी प्लास्टिक, पानीको बोतल, रक्सीको बोतलले भरिएको छ ।  

अहिले शैलुङमा फोहोरले भरिएको छ । लकडाउनको समय भएपनि अहिले घुम्न जान्छन् । एक सय ८ वटा डाँडाले भरिएको डाँडामा अहिले फोहोरले भरिएको छ । अरु बेला शैलुङ फुलले पहेंरपुर देखिने यस डाँडा अहिले भने फोहोरले भरिएको छ । शैलुङ गाउँपालीकाले फोहोर फाल्नको लागि डाँडामा डस्बिन राखेको छ । तर त्यहाँ घुम्न आउने मानिसहरूले जता ततै फोहोर फालिएको छ ।  

गत हप्ता मात्रै रामेछाप प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा शैलुङको भ्रमण गरेर फर्किएको थियो । पश्चिम रामेछाप पर्यटन विकास केन्द्र दोरम्बाका अध्यक्ष दावा शंवु शेर्पाका अनुसार त्यहाँको होटल व्यवसायी र चौरी धनीले दुई महिनामा एक चोटी सफा गर्ने गरेको छ । लकडाउनले गर्दा सरसफाई गर्न पाएको छैन । उनले भने, ‘दोराम्बा गााँपालीका, मेलुङ गाउँपालीका र शैलुङ गाउँपालीकाले संरक्षणमा जोड दिनुपर्ने हो । गाउँपालीकाले संरक्षणन गर्न नसकेकोमा फोहोरको डम्पिङ बन्न पुगेको हो ।’

भ्युटावर शौचालयमा परिर्णत हुँदै

२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर शैलुङ डाँडामा भ्युटावर निमार्ण गरिएको थियो । सैलुङका विभिन्न थुम्कामध्ये सबैभन्दा अग्लो थुम्कामा भ्युटावर बनाइएको छ । टावरमा तीन तलासम्म झ्याल हालिएका छैनन्। भ्यु टावरमा जडान गरिएको बिजुलीको तारहरू चोरी भएका छन् । टिबलाइट फुटाएका छन्। भ्यु टावरको गेट भत्काइएको छ ।  

शैलुङमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निमार्ण गर्न सकेको छैन । भ्यु टावरमा दिसा पिसावले दुर्गन्धित बनाएको छ । शैलुङ घुम्न आउने पर्यटकहरू नाक थुनेर हिड्न बाध्य भएका छन् । धामिर्क स्थाल होस् कुनै पनि सार्वजनिक स्थालमा दिसा पिसाव गर्न पाउँदैनन् । दुवै जिल्लाका जनप्रतिनिधिको ध्यान जाना नसेकाले शैलुङ दुर्गन्धित हुन पुगेको खोलाखर्कका होटल सञ्चालनहरू बताउँछन् । रामेछाप र दोलखाविच विवाद भएकाले भ्युटावरमा सरसरफाई र संरक्षणमा ध्यान दिन नसकेको शेर्पाले बताए । भ्युटावर रामेछापले बनाएको हो, तर भ्युटावरको हस्तानतरण चाबी शैलुङ गाउँपालीका दोलखासँग छ । उनले भने, ‘पर्यटकहरूलाई सजिलोको लागि भ्युटावर खुल्ला गरिएको हो । तर घुम्म आउने पर्यटकले दिसा, पिसाब गरि दिए ।’

यस्तै शैलुङ गाउँपालीकाले राखिकाएको बोर्डहरू पनि भत्इएको छ । त्याहाको धार्मिक स्थलको नाम लेखी पर्यटकहरूलाई सजिलो लागि लागिएको बोर्ड हहिले भत्किएको अवस्थामा छ । पृथ्वीको नाइटोमा राखिएको बोर्ड भत्काइएको छ । अहिले कतिपय बोर्डहरू उखालिएर फालिएको छ ।  

कंक्रिट प्रयोग

सैलुङ आफैमा प्राकृतिक भूस्वर्ग हो । तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई क्षति पुग्नेगरी कंक्रिट प्रयोग गरेर बनाइएको संरचना निमार्णधीन अवस्थामा छ । भ्युटावरसँगै छ्योर्तेन पनि निर्माणधीनको अवस्थामा रहेको छ । अहिले विभिन्न संघसंस्था तथा व्यक्तिले छ्योर्तेन निमार्णमा सहयोग गरिहेको छ ।

प्रकाशित: १२ असार २०७७ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App