५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

फोहोरमैला विसर्जन गर्ने योजनामा ढिलाइ

फोहोरमैला व्यवस्थापनका लागि नेपालमै पहिलो पटक जापानी प्रविधि भिœयाउने योजना बनाएको बनेपा नगरपालिकाले अझैसम्म सो कार्य सुरु गर्न नसक्दा सहरभरि फोहोरको डंगुर थुप्रन थालेको छ।

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडाैं महानगर र स्थानीय तहको होः मन्त्री राई

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताएका छन्।

पोलुसन मुख्य मुद्दा

विश्व ट्रायथोलन महासंघ (आइटियु) ले पानीको प्रदूषण (वाटर पोलुसन) परीक्षण गर्छ। केही महिनाअघि मात्रै कजाखस्तानमा हुने भनिएको विश्व ट्रायथोलन च्याम्पियनसिप पानीकै कारण रोकिएको छ।

दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने

नदी, खोला र जंगल नै डम्पिङ साइडको रुपमा प्रयोग भइरहेको प्रदेश ५ मा सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी ऊर्जा उत्पादन गर्ने भएको छ। नदी, खोला, जंगल डम्पिङ साइटको रुपमा प्रयोग भइरहँदा वातावरण प्रदुषण बढेपछि सरकारले फोहोरको वैज्ञानिक प्रयोगसहितको व्यवस्थापन योजना बनाएको हो।

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

सदरमुकामको मुखैमा फोहोरको डंगुर

सदरमुकाम सन्धिखर्क छिर्ने बाटोको छेउँमै फोहोर फाल्ने गरिएको छ। फोहोर व्यवस्थापन गर्न उपयुक्त ठाँउको अभावमा बजारबाट उत्पन्न फोहोर बाटोमै फाल्ने गरिएकाे हाे।

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

फोहोर सीधै त्रिशूलीमा

फोहरका कारण पृथ्वी राजमार्गका छेउछाउमा दुर्गन्ध बढ्दै गएको छ। गजुरी, बेनीघाट रोराङ, गल्छी, थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाले राजमार्गलाई नै डम्पिङ साइट बनाएका छन्।

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।

अस्पताल परिसरमै फोहोरको थुप्रो

मानिसहरू बिरामी भएपछि उपचारका लागि अस्पताल जाने गर्छन् तर, फोहोरका कारण जनकपुर अञ्चल अस्पताल आफैं बिरामीजस्तो बनेको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा जनकपुर अञ्चल अस्पतालअन्तर्गत रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको परिसर फोहोरले भरिभराउ भएको हो।

'प्लास्टिक फोहोरमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ'

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मूल्यांकन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकाय र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने समय आएको बताए।

फोहोरबाटै मोहोर

फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्नु अहिले सरोकारवाला निकायको टाउको दुखाईको विषय भएको छ। तर, फोहोर चिन्न नसकेमा मात्र यो टाउको दुखाईको विषय बन्छ। नत्र यसैले आम्दानीको स्रोत पनि बनाइरहेको छ।

फोहोरमैला जलाउने पहिलो ठूलो योजनाको विरोेध

कृषिका लागि आवश्यक बिरुवा उत्पादन र प्रविधि विस्तारका लागि किनिएको जग्गामा पमैला जलाउने मेसिन राख्ने योजनाको वडास्तरमा विरोध भइरहेको छ।

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्