५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

काठमाडौं– संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।

समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताए। त्यसका लागि सिस्डोल र बञ्चरेडाँडाका सरोकारवाला सबै निकायसँग विस्तृतमा छलफल गर्ने समितिको योजना छ। समितिले सो ठाउँका जनताको जग्गाको उचित मुआब्जा नदिने, फोहोरको पहिरोबाट बाटो अवरोध हुँदा स्थानीय मारमा पर्नुपर्ने, फोहोरका कारण स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेगरी सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ।

नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले स्थानीयबासीको माग सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न आफूले समेत सरकारको पटकपटक ध्यानाकर्षण गराएको पनि स्मरण गराए।

काठमाडौंको फोहोर व्यवस्थापन भईरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन्। विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको कामलाई पुनः सुरु गरेको हो।

प्रकाशित: २४ भाद्र २०७६ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App