५ आश्विन २०८१ शनिबार
image/svg+xml

यार्सा यात्राको विचारणीय पक्ष

यार्सा संकलनले उच्च हिमाली भेगमा फोहोर व्यवस्थापनको ठूलै समस्या देखिएको छ। यार्सा संकलन गरिने क्षेत्रमा फोहोर थुप्रिएको छ भने प्लास्टिक, बोतल, कपडा आदिको डंगुर पनि देख्न सकिन्छ। फोहोर व्यवस्थापनको जिम्मा मध्यवर्ती उपभोक्ता समूहको भए पनि उनीहरूले जिम्मेवारी वहन गरेको देखिँदैन।

बिहे खर्च दुई अर्ब, फोहोर तीन सय क्वीन्टल

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको पूरै इलाका सफा गरिएको जानकारी दिए।

उठ्न थाल्यो काठमाडौँको फोहोर

दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ।

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो लहान

लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रिएको फोहोर अझै उठेको छैन। नगरपालिका र वडा नम्बर ४ बीच फोहोर फाल्ने स्थानकाबारेमा बिवाद हुँदा ३१ दिनदेखि फोहोरको डंगुर थुप्रिएर नगर दुर्गन्धित बनेको छ।

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (हेर्नुहोस भिडियोमा)

प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

फोहोरमा फोहोरी राजनीति, २४ दिनदेखि थुप्रिएको फोहोर उठेन

लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रिएको फोहोर अझै उठेको छैन। नगरपालिका र वडा नम्बर ४ बीच फोहोर फाल्ने स्थानकाबारेमा विवाद हुँदा २३ दिनदेखि फोहोरको डंगुर थुप्रिएर नगर दुर्गन्धित बनेको छ।

फोहोर सोझै वन र नदीमा

नदी किनार र वन क्षेत्रमा विसर्जन गरिने फोहोर सोझै नारायणी नदीमा मिसिने गरेको छ। वर्षात्को समयमा भने नगर वनको दुवै तर्फबाट नदी बग्ने भएकाले फोहोर संकलन गर्ने सवारीसाधन त्यहाँसम्म पुग्न सक्दैनन्।

‘हिमालको संरक्षण गर्नु सबैको कर्तव्य’

सगरमाथा क्षेत्र सफा रहेको सन्देश दिन सरसफाइ अभियानबाट संकलित फोहोर सोमबार प्रदर्शन गरिएको छ।

अझै उठेन लहानको फोहोर

आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहान बजार कुरूप बनेको छ। जताजतै फोहोरको डंगुर थुप्रिएपछि नगरमा दुर्गन्ध फैलिन थालेको छ।

‘फोहोरमैलाले जलवायु परिवर्तनमा प्रभाव पारेकाले न्यूनीकरण आवश्यक’

फोहोरमैलाले गर्दा जलवायु परिवर्तनमा प्रभाव पारेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्। उपत्यकामा बढी मात्रामा फोहोरमैला अव्यवस्थित भएपछि जलवायु परिवर्तनमा प्रभाव भएकाले फोहोरलाई व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका हुन्।

फोहोर फिर्ता लैजान क्यानडामाथि दबाव

क्यानडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म आफ्नो कूटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन्।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

फोहोरको दुर्गन्धले सास्ती

भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तीरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। फोहोर जलाएको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी पीडित बनेका छन्।

सहरको फोहोर सीधै तिनाउमा

कानुनले नै नदी–तलाउमा ठोस तथा झोलजन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर व्यवहारमा स्थानीय सरकारले नै नदीकिनारलाई फोहोर संकलनको थलो बनाइरहेको छ।

लहानमा स्थानीयद्वारा हातमा झाडु बोकेर मेयरविरुद्ध प्रदर्शन

नगरभरिको फोहोर बोकेको ५ वटा ट्रयाक्टर आइतबारदेखि रामजानकी चोकमा रोकेर राखेपछि बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। स्थानीय प्रेमकुमार ठाकुरले भने, ‘फोहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले ट्रयाक्टरमा लोड फोहोर व्यवस्थापनमा गम्भीरता देखाएन। कसरी बस्न सकिन्छ यसरी?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्