५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लहानमा स्थानीयद्वारा हातमा झाडु बोकेर मेयरविरुद्ध प्रदर्शन

लहान - नगरपालिकाका वडा नम्बर ४ रामजानकी चोक फोहोरको डंगुरमा परिणत भएपछि नगरवासी आक्रोशित भएका छन्। स्थानीयहरुले सोमबार झाडुजुलुससहित नगर कार्यपालिकाको कार्यलय पुगेर नगरप्रमुख मुनी साहविरुद्ध नाराबाजी गरेका छन्।

नगरभरिको फोहोर बोकेको ५ वटा ट्रयाक्टर आइतबारदेखि रामजानकी चोकमा रोकेर राखेपछि बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। स्थानीय प्रेमकुमार ठाकुरले भने, ‘फोहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले ट्रयाक्टरमा लोड फोहोर व्यवस्थापनमा गम्भीरता देखाएन। कसरी बस्न सकिन्छ यसरी?’

दुर्गन्ध सहन बाध्य नगरवासीलाई स्वाच्छ वातावरणमा सास फेर्ने वातावरण मिलाउनुुको साटो नगरपालिकाले फोहोर नउठाउने जिद्दीमा अडिएको उनले आरोप लगाए। लहान नगरपालिका ४ स्थित फोहोरमैला प्रशोधन केन्द्र पछिल्लो समय फोहोमैला भण्डारण केन्द्रमा परिणत भएपछि स्थानीयले त्यसको विरोध गर्दै आएका छन्।

फोहोरमैला व्यवस्थापन अनियन्त्रित भएछि बस्तीसम्म दुर्गन्ध फैलिएको छ। यस्तो कार्य रोक्न स्थानीयले वडाध्यक्ष रामनाथ पण्डितलाई दबाब दिएका थिएर। स्थानीयको दबाबपछि दुर्गन्ध फैलाउने कार्य रोकिदिन नगर प्रमुख मुनी साहलाई पण्डितले आग्रह गरे। तर मेयरले आफ्नो आग्रह वास्तै नगरेको पण्डितले गुनासो गरे।

स्थानीहरुले आइतबार फोहोर फ्याक्ने ठाउँमा अवरोध गरेपछि नगरपालिकाले फोहोर बोकेको ट्रयाक्टर बस्तीमै छाडिदिएको छ। उक्त फाहोरको दुर्गन्ध बढ्दै गएपछि स्थानीयहरुले मेयरविरुद्ध प्रदर्शन गरेका हुन्। 

स्थानीयको आक्रोशपूर्ण प्रदर्शन देखेर प्रमुख साहले वडा नम्बर ४ का अध्यक्षसहित प्रतिनिधिलाई छलफलमार्फत सामाधानका लागि बोलाएका छन्।

छलफलमा सहभागी स्थानीय जितेन्द्रप्रकाश महतोले भने, ‘हालसम्म फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा फोहोर फ्याक्ने काम तत्काल रोक्न गरिएको छ।’ तर, उक्त कार्य मेयरले नमानेका पनि उनले नागरिक न्युजलाई बताए।

प्रकाशित: १० वैशाख २०७६ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App