५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा सफाइ गरिने

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा हिमाल सफाई अभियान गरिने भएको छ। सरकारले निजी संघ संस्थासँग मिलेर १० हजार टन फोहोरमैला संकलन गर्ने तयारी गरेको हो।

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते नेपालीको धपासीस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी प्रभाग तिनपिप्लेले जनाएको छ।

अझै सञ्चालनमा आएन फोहोर जलाउने मेसिन

गोकर्णेश्वर नगरपालिकाले विदेशबाट फोहोर जलाउने मेसिन ल्याएको चार महिना वित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। नगरपालिकाले गत पुष महिनामा नै जापानको हित्ता कम्पिनीको सहयोगमा मेसिन थियो।

फोहोरको डंगुरमा सिन्धुलीगढी

कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढीमा फोहोर थुप्रिएको हप्तौं भयो। नगरपालिकाले फोहोर उठाउने चासो नदेखाउँदा गढी क्षेत्रको फोहोर व्यवस्थापन यतिखेर चुनौती बनेको छ।

‘फोहोर’ विधेयकले निम्त्याएका प्रश्न

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षोपाय, ‘फोहोर’ निकास प्रतिरोेधी तथा प्रतिलाभ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ। विधेयक ऐन बन्दैमा नेपालका उद्योग क्षेत्रका समस्या समाधान हुने भए भनी ठान्नुहुँदैन। कार्यान्वयन पक्ष अति महत्वपूर्ण हुन्छ यसमा।

फोहोर गाडीमा हाल्ने भन्दा झाडीमा फाल्ने बढी

सदरमुकाम सिन्धुलीमाढीको मुख्य बजार क्षेत्रकै किनारबाट बग्ने गौमती (ग्वाङ) खोलामा फोहोरै फोहोरको डंगुर भएको छ। बजार क्षेत्रका स्थानीय तथा अन्य स्थानका बासिन्दाले फोहोरलाई उचित व्यवस्थापन गर्नुको साटो खोलामै कुहिने तथा नकुहिने फोहोर जथाभावी फ्याक्दा खोला दुर्गन्धित हुन थालेको हो।

फोहोरबाट उर्जा निकाल्न महानगरपालिकाले थाल्यो पहल

फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका विषयमा झापा, मोरङ र सुनसरीका स्थानीय तह सकारात्मक देखिएका छन्। विराटनगर महानगरपालिकाको अगुवाईमा फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका लागि ती जिल्लाका स्थानीय तह सकारात्मक देखिएका हुन्।

विद्यार्थीले उठाए फोहोर

काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि मैतीदेवीस्थित सनवे कलेजका विधार्थीहरूले मंगलबार सेतोपुलनजिकै थुप्रिएको फोहोर उठाएका छन्। फोहोरको दुर्गन्धले टोलबासीलाई सास्ती भएपछि उनीहरूले फोहोर उठाएका हुन्।

महानगरवासीले फोहोर नछुट्टाउँदा व्यवस्थापनमा समस्या

महानगरवासीले घरबाट निस्कने फोहोरमैला कुहिने र नकुहिने नछुट्याउँदा फोहोरमैला व्यवस्थापनमा जटिल समस्या निम्ताएको छ। महानगरपालिकाले फोहोरमैला घरबाटै व्यवस्थित गराउने नीति अघि सार्ने भएको छ। महानगरवासीले कुहिने र नकुहिने फोहोरमैला जभाभावी ढंगले मिसाउँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको निष्कर्ष निकालेको छ।

फोहोरको दुर्गन्धले सास्ती

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।

बदलिँदै बाग्मती

बाग्मती नदी सफाइ महाअभियान सुरु भएको तीन सय साता पुगेको छ। झन्डै बिलाउने अवस्थामा पुगेको बाग्मती पाँच वर्षभन्दा लामो अनवरत प्रयासपछि फेरि जीवन्त बन्ने बाटोमा छ। कुनै बेला पानी पिउन योग्य भएको बाग्मती नदी उपत्यकाको बस्ती विस्तारसँगै फोहोर फाल्ने थलो बन्यो। ढलले बाग्मतीलाई ढलमती त बनायो नै, त्यही फेरमा सुकमबासीको नाममा हुकुमबासीले यसले चर्चेको जमिन कब्जा गरे। यो समस्या कति ठाउँमा अझै पनि छ।

विद्यार्थीकाे सरसफाइ अभियान

फोहोर व्यवस्थापनमा क्रियाशील राम्रो जोरपाटी, हाम्रो जोरपाटीले अभिभावकलाई चेतना दिनको लागि तीन कलेजका विद्यार्थीहरुलाई जोरपाटी सडकमा फालिएको फोहोर उठाउन लगाएको छ।

फोहोर व्यवस्थापनमा बेथिति

प्रदेश १ का अधिकांश ठूला सहरमा सार्वजनिक स्थलमै फोहोर फ्याँकिने गरिएको छ। मानव स्वास्थ्यको ख्यालै नगरी जथाभावी फोहोर फ्याँक्ने गैरजिम्मेवारीपूर्ण कार्यका कारण त्यहाँका सर्वसाधारण आजित बनेका छन्। समुदायको जीवनसँग प्रत्यक्ष जोडिएका खोलानाला, जंगल, बाटोघाटोजस्ता सार्वजनिक स्थल फोहोरले भरिएपछि त्यसबाट हुने हानिप्रति स्थानीय सरकारले पनि आँखा चिम्लिएको पाइन्छ।

वर्षा अगावै फोहोर फ्याँक्न बञ्चरेडाँडा तयार पार्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षात् अगावै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन्।

प्रहरी र युवाले उठाए वीरगन्जको फोहोर

वीरगन्ज महानगरपालिकाका कर्मचारीले पाचौं दिनसम्म काम ठप्प पारेर हड्ताल जारी राखेपछि नगरका ठाउँ ठाउँमा थुप्रिएका फोहोर स्थानीय युवासँग मिलेर प्रहरीले सोमबार उठाएको छ। आन्दोलन नेतृत्वकर्ताको अह्वानमा सरसफाइ कर्मचारीहरू समेत काममा नआएपछि फोहोर जम्मा भएर वीरगन्ज दुर्गन्धित हुन थालेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्