१० मंसिर २०८१ सोमबार
image/svg+xml

परराष्ट्रमन्त्री साउद अमेरिका जाने

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दै छन् ।भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ।

परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुगेका छन्। मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए।

राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछः परराष्ट्रमन्त्री साउद

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताए।

परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै

परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्