४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

बेल्जियमस्थित नेपाली समुदायले भारतले नेपाली सीमा मिचेको भन्दै प्रर्दशन गरेका छन्। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध गरेका हुन्।

सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीको हस्तक्षेप

सीमा मिचेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप गरेको छ। कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका थिए।

कोर्लाङपारिको सीमास्तम्भ टुप्पोबाट फेदमा

दोलखाको बिगु गाउँपालिका–१ लप्चीमा रहेको ५७ नम्बर सीमास्तम्भ सारेर चीनले कोर्लाङपारि क्षेत्रमा पु-याई ६ हेक्टर जमिन मिचे पनि मिचिएको जमिन फर्काउन सरकारले चिनिया पक्षसँग कुटनीतिक पहल गर्न सकेको छैन।

चालीस वर्ष पुरानो नयाँपुल बजार खाली गरिदैं

दोलखा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ४० वर्षदेखि बसालिएको एउटा बजारका घरटहरा हटाएर खाली गराउने तयारी थालेको छ।

मोदी–नक्साभित्रको कुटिलता

देशको पश्चिमोत्तर सीमा अतिक्रमण यतिबेला स्वाभाविक रूपमा नेपाली जनताको चासोको विषय बनेको छ। सिमाना बारम्बार मिचिएको, हाम्रो भूमिमा छिमेकीले मनपरी गरिरहेको, विभिन्न समयमा बनेका सरकार प्रायः निरीह हुने गरेको...यी कुनै नौला कुरा होइनन्। अझै नागिरिकता लिने उमेर नपुगेका केटाकेटीदेखि १०० वर्ष हाराहारी पुगिसकेका नेपालीले यो कुरा बाल्यकालदेखि सुन्दै आएका हुन्। तर भारतले ठ्याक्कै यति नै बेला किन त्यो नक्सा प्रकाशन गरेको होला ? योचाहिँ केवल संयोग हो कि सुनियोजित ? परराष्ट्र मन्त्रालयका जागिरे, परराष्ट्रविद् र कूटनीतिज्ञहरूलाई बढी थाहा हुनुपर्ने कुरा हो यो।

सिरहामा पनि दसगजा अतिक्रमण

दसगजा क्षेत्र अतिक्रमणको समस्या सिरहामा पनि देखिएको छ। दसगजामा रहेको सीमास्तम्भबाट पाँचपाँच गज दायाँबायाँ मानवीय बस्ती हुनुहुँदैन। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजामा दुवै देशले भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाउँदैनन्।

९ सय ६१ स्थानमा सीमा अतिक्रमण

सशस्त्र प्रहरीले दार्चुलाको कालापानीलाई विशेष सुरक्षा गर्नुपर्ने क्षेत्रका रुपमा औंल्याएको छ।

अतिक्रमणले सुस्तावासी दशकौंदेखि पीडामा

भारतीय पक्षको सीमा अतिक्रमणका कारण सुस्तावासी वर्षौंदेखि प्रताडित छन्। २०२२ सालमा बस्ती बसाइएको सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० वर्गकिलोमिटर छ। त्यसमध्ये अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्न पाएका छन्।

सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण

इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ। तर दर्जनौं स्थानमा सीमास्तम्भ नहुँदा सीमा यकिन हुन सकेको छैन। सीमा यकिन नभएकै कारण सीमाक्षेत्रमा पटक–पटक तनाव उत्पन्न हुने गरेको छ।

सीमा अतिक्रमणविरूद्ध महेन्द्रनगरमा क्रान्तिकारीको प्रदर्शन

अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो।

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ।

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ।

राज्य बेखबर, नागरिकलाई सास्ती

तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको भारतका सुरक्षाकर्मीले आफैंले निर्धारण गरेको नक्कली सिमाना पनि मिचिरहेका छन्।

सर्वसाधारण आक्रोशित

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध -याली प्रदर्शन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्