५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

भैरहवा - भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ। भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार नेपाल भारत सीमाना क्षेत्र बेलहिया पुगेर बिरोध प्रदर्शन गरेको हो।

अनेरास्ववियू रुपन्देही क्षेत्र नं ३ क्षेत्रिय कमिटीले सीमा नाका पुगेर बिरोध प्रदर्शन गरेको हो। लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा प्रदर्शन गरिएको थियो। अनेरास्ववियू नेत्री लक्ष्मी केसीको नेतृत्वमा रुपन्देहीको सीमानाका बेलहियामा प्रदर्शनपछि भारतीय ज्यादतिका विरुद्धमा सीमा नाकामा बिरोध कार्यक्रम भएको हो। प्रदर्शनकारीले भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ इन्डिया, असमान सन्धी खारेज गर,मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोको थिए।

तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका विद्यार्थीहरुलाइ स्थानीय जनताले समेत साथ दिएका थिए। ‘सीमानामा बिरोध कार्यक्रम गरेपछि सीमानामै नारा जुलुस भएको थियो। बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थानीय नेता अर्जुन गिरीले दुई छिमेकीको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। उनले भने, ‘भूगोलमा हाम्रो देश सानो भएपनि सम्मान र अस्मितामा हामी कोही भन्दा कम छैनौं।’

कार्यक्रममा नेत्री लक्ष्मी केसीले वीर नेपालीहरू सीमा रक्षाको निम्ति बलिदान गर्न तयार रहेको बताइन्। उनले भनिन् भारतका शासकहरू नेपाल आउँदा हामीले सक्दो सम्मान गर्छौ तर उनिहरुले हाम्रो देशको सिमा मिचेर हामीलाइ दुख दिने गर्छन्।

कार्यक्रममा अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले देशको एक इञ्च जमिनपनि मिच्न नदिनका लागि सबै नेपाली एकजुट हुन आग्रह गरे। कार्यक्रमको अध्यक्ष तत्कालीन नेकपा एमाले सम्बद्ध अनेरास्ववियू क्षेत्र नं ३ क्षेत्रिय कमिटी अध्यक्ष झक बहादुर आलेले भारत नेपालको राम्रो सहयोगी हुनुपर्नेमा सीमा मिचेर नालायकीपन देखाएको दावी गरे।

प्रकाशित: २२ कार्तिक २०७६ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App