१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मुस्ताङमा ३९ सय र मनाङमा ३५ सय मिटरसम्म उक्लियो कोरोना

निकै नै कम आउजाउ हुने भएपनि हिमाली जिल्ला मनाङ र मुस्ताङका उच्च भेगसम्म कोरोनाको दोश्रो लहर उक्लेको छ । मनाङमा समुन्द्री सतहदेखि ३५ सय मिटर र मुस्ताङमा ३९ सय मिटर उचाईसम्म संक्रमण उक्लेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

१० दिनमै गुम्यो मनाङेको मन्त्री पद

वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको पद गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै गुमेको हो।

मनाङेलाई रिझाउन मन्त्रालय टुक्रयाइयो

सामाजिक विकास मन्त्रालय टुक्र्याएर त्यसअन्तर्गत रहेको युवा तथा खेलकुद शाखालाई छुट्टै मन्त्रालय बनाई मनाङेलाई त्यसको जिम्मा दिइएको हो। मनाङेको मत अविश्वास प्रस्तावको पक्षमा गए मुख्यमन्त्री पद खुस्किने देखेपछि गुरुङले मन्त्री पद ‘उपहार’ दिएका हुन्।

मनाङेद्वारा सपथ ग्रहण

नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको सपथ लिएका लिएका छन् ।

आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा, मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो

अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।

मनाङ मर्स्याङदीमा पिपिए

वैदेशिक लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) नेपाली रूपैयाँमा गरिएको छ। यसअघि वैदेशिक लगानीमा निर्माण हुने आयोजनाको पिपिए सम्झौता डलरमा गर्ने गरिन्थ्यो।

मनाङमा वन जलेको जल्यै

मनाङमा आगलागी भएको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्रको वन हो । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति मातहतको वनक्षेत्रमा अहिले धमाधम आगलागी भएको छ । जसोतसो एकठाउँको आगलागी रोकिए लगत्तै अर्काे ठाउँमा आगलागी हुने गरेको छ ।

फेरि बल्यो मनाङको जङ्गलमा आगो

हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ। मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन। माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन्।

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।

मनाङमा हिउँ हटाउन प्रहरी परिचालन (तस्बिर सहित)

हिमाली जिल्ला मनाङमा भीषण हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ ।

मनाङमा पाँचदिनमा झन्डै आठसय हेक्टर वन आगलागीले ध्वस्त

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।

मनाङको आगलागी झनै भीषण

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ ।

आगलागीले मनाङमा बस्ती नै जोखिममा

तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। नजिकका बस्तीमा आगोको जोखिम बढेपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

मनाङका प्रजिअ भन्छन्ः पेट्रोल सल्किए झैं भीषण आगलागी भएको छ

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको जंगल र भीरमा भीषण आगलागी भएको छ । तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगोले नै निभायो आगो

जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ। स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्