७ आश्विन २०८१ सोमबार
image/svg+xml

२४ भन्दा बढी सिटमा एकीकृत समाजवादीको दाबी

‘विगतको निर्वाचनको कुल सिटलाई आधार मानेर भागबण्डा मिलाउने प्रयास भइरहेकाले चाँडै गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय टुंगो लाग्छ।’

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

चोलेन्द्रशमशेर कुर्सीमा फर्कने भयले सत्तारुढ दल आत्तिएका छन्ः योगेश भट्टराई

‘जबराविरुद्धको महाअभियोग सम्बन्धीको विषयको छलफल समितिबाट टुंगिएर भदौ ३० गते भित्रमा प्रतिनिधिसभामा पेश हुने कार्यसूची छ। भट्टराईले भने ‘असोज २ गते दलहरुले समानुपातिको सूची पेश गर्नुपर्छ, त्यो पनि एक मनोनयन वा निर्वाचन प्रकृया नै हो।’ जबकी असोज १ गतेदेखि नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त हुन्छ।’

दोलखा एमालेका तिन समानुपातिक महिला सांसद: जो यसपटक प्रत्यक्षमा भिड्न चाहन्छन्

दोलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकांक्षीसहित पार्टीबाट सिफारिस भएका छन्।

असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने

सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ।

धनुषाको सबै सिटमा माओवादीले गर्‍यो उम्मेदवार सिफारिस

माओवादीले धनुषाको निर्वाचन क्षेत्र-१ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ। उनी यस क्षेत्रका वर्तमान सांसद समेत हुन्। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्र कुमार यादव, वर्तमान शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ।

माओवादी नेतृ मोक्तानको नाम संघ र प्रदेशबाट सिफारिस

उम्मेदवारका आकांक्षीहरु दावेदारी प्रस्तुत गर्दै टिकटको दौडमा समेत लागिरहेका छन्। यस्तैमा नेकपा माओवादी केन्द्र मकवानपुरले नेतृ कुमारी मोक्तानको नाम प्रतिनिधसभा सदस्य र प्रदेशसभा सदस्य दुवैतर्फ सिफारिस गरेको छ।

संसदको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता, संशोधन प्रस्ताव सरकारद्वारा स्वीकार

सरकारले प्रतिनिधिसभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको थियो। उक्त विधेयकमा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो।

कांग्रेस बैतडीले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

कांग्रेसका २५ प्रभावशाली नेता: टिकट निश्चित, जित अनिश्चित

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २५ नेताहरूको टिकट सुनिश्चित छ।

प्रतिनिधिसभाको कार्यकाल थप्ने विधेयकमाथि आयोगको आपत्ति

सरकारले प्रतिनिधिसभाको कार्यकाल थप्ने गरी संशोधन गर्न संसद्मा विधेयक ल्याएपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ।

निर्वाचनका लागि १० हजार आठ सय ८८ मतदानस्थल कायम

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए।

भक्तपुर २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी?

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर तालमेलको प्रक्रिया टुङ्गाउनुपर्ने उनीहरूको सुझाव छ। गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा चित्रबहादुर केसीलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेपछि जिल्ला तहमा क्षेत्र बाँडफाँट पेचिलो बन्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्