coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२४ भन्दा बढी सिटमा एकीकृत समाजवादीको दाबी

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिनिधिसभाको २४ भन्दा बढी सिटमा आफूहरूको दाबी रहने बताएका छन्।

बिहीबार विराटनगरमा पत्रकारसम्मेलन गरी आसन्न निर्वाचनमा एकीकृत समाजवादीले २४ भन्दा बढी सिटमा उमेदवारी दिने तयारी गरिरहेको बताएका हुन्। गठबन्धनमा केही दिनभित्रै सिटको विषयमा भागबण्डा मिल्ने पनि खतिवडाले दाबी गरे।

उनले भने ‘विगतको निर्वाचनको कुल सिटलाई आधार मानेर भागबण्डा मिलाउने प्रयास भइरहेकाले चाँडै गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय टुंगो लाग्छ।’ उनले एकीकृत समाजवादीसँग हाल प्रतिनिधिसभामा २३ जना सांसद रहेको र त्यसकै आधारमा २४ भन्दा बढी सिट पाउने खतिवडाले स्पष्ट पारे।

यस्तै काँग्रेसले ६४ भन्दा बढी र अन्य दलहरूले पनि संसदमा रहेको सांसदको संख्याका आधारमा सिटसँख्या निर्धारणको मापदण्ड बनाएर सिट बाँडफाँट टुंगोमा पुर्‍याइने बताए। खतिवडाले आफूहरूले संख्यात्मक भन्दा पनि गुणत्मक प्रतिनिधित्वलाई जोड दिएको बताए। प्रदेश १ को सन्दर्भमा एकीकृत समाजवादीले ६ वटा प्रतिनिधिसभाको क्षेत्रमा दाबी गर्ने बताए।

उनले आफू उदयपुर क्षेत्रनम्बर २ बाट निर्वाचन लड्ने घोषणा पनि गरे। कम्युनिष्ट एकीकृत नर्भ देश समृद्ध नहुने भएकाले पुनः एकताबद्ध गर्ने प्रयासमा आफूहरू रहेको धारणा राखे। तत्काल नेकपा एमालेसँग एकताको सम्भावना नरहेका कारण एमाले बाहेकका कम्युनिष्टहरूबीच एकताका लागि पहल जारी रहेको बताए।

प्रकाशित: २२ भाद्र २०७९ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App