६ आश्विन २०८१ आइतबार
image/svg+xml

दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी

सोमबार विहान सकिएको ७४ ओटै वडाको मतगणना अनुसार कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए।

सरकार गठनका ६ विकल्प

कुनै दलले बहुमत ल्याउन नसकेकाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ । अब धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा ७६ (२) अनुसार पनि कुनकुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन।

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले) का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको ।

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।

सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन।

प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।

उम्मेदवारले खर्च विवरण बुझाउन थाले

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन्।

घटेन बदर मतको दर

गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ। जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो।

तीन जिल्ला बाहेकको मत परिणाम मंसिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ कांग्रेस शून्य,एमाले ३,राप्रपा र लोसपाले १/१ सिट जिते

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसको उपस्थिती शून्य भएको छ। एमालेले ३ वटा क्षेत्र जितेको छ।

महोत्तरी–२ बाट लोसपाका शरद सिंह भण्डारी निर्वाचित

उनले निकट प्रतिद्वन्दी तराई मधेस लोकतान्त्रिक पार्टीका बिजय कुमार सिंह भन्दा १४ हजार ७० मत बढी ल्याएर निर्वाचित भएका हुन्।

उदार व्यवस्थाको उदय

मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्