४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाँदर र न्याउरी मुसाले पुलको उपयोग गर्दै

बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलोपटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा ल्याइएको छ ।

बागलुङ–पर्वत जोड्ने लामो झोलुङ्गे पुल सर्वसाधारणलाई खुला

बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुल शुक्रबारदेखि औपचारिक रुपमा सर्वसाधारणलाई खुल्ला गरिएको छ। कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन।

म्याद गुज्रिन लाग्यो तर पुल बन्ने छाँट देखिदैन

पोखराको फिर्के पुल समयमै निर्माण सम्पन्न नहुने भएको छ। पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको प्रस्याङमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुने निश्चित भएको हो। २०७५ साल असोज ८ गते सम्झौता भई २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो पुल निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै नसकिने पक्का भएको सडक विभाग पोखराले जनाएको छ।

बाढीले निर्माणाधीन पुलमा क्षति

अविरल वर्षासँगै माइखोलामा आएको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ । समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलको ढलान गर्न लागिएको डन्डी बाढीले बगाएको हो ।

आर्सनलसँग लिभरपुल स्तब्ध

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।

झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो

जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन्।

लिभरपुल रेकर्ड उन्मुख

एस्ट भिल्लासँगको जितसँगै लिभरपुलले ८९ अंक जोड्यो र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो।

रोशीखोलामा पक्की पुल बनेपछि स्थानिय खुशी

बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी छन्।

सडक र पुलको खर्च ३७ प्रतिशत, सम्भवतः अहिलेसम्मकै कम

विकासका पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षमा आधा पनि बजेट खर्च गर्न सकेको छैन। सरकारले चालु आवमा विभाग मातहत बन्ने आयोजनाका लागि एक खर्ब २७ अर्ब रुपैयाँ बजेट दिएको थियो। तर आर्थिक वर्ष सकिन दुई साता बाँकी हुँदा विभागले ३७ प्रतिशत मात्र खर्च गरेको छ। यो धेरै वर्षपछिको सबैभन्दा कम प्रगति हो। सडक बनाउने र पुल निर्माण गर्ने विभागको मुख्य काम हो।

पुल निर्माण लक्ष्यको आधा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ।

उपाधिको सँघारमा लिभरपुल

लिभरपुल ३० वर्षपछि इङ्ल्यान्डमा च्याम्पियन बन्ने सँघारमा छ तर त्यसका लागि बिहीबार चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा दोस्रो स्थानको म्याचेस्टर सिटीलाई रोक्नुपर्नेछ।

छेकम्पारमा बाढीले काठेपुल बगायो

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा एक अर्को गाउँ जोड्ने काठेपुल बाढीले बगाएको छ। लगातारको वर्षातपछि सोमवार बिहानसम्म बाढीले नाकी खोला, छुले खोला, छुनाग खोला, स्यार खोला, खुनग्यु, फुच्यून खोलामा रहेको काठेपुल बगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्