४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

छेकम्पारमा बाढीले काठेपुल बगायो

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा एक अर्को गाउँ जोड्ने काठेपुल बाढीले बगाएको छ। लगातारको वर्षातपछि सोमवार बिहानसम्म बाढीले नाकी खोला, छुले खोला, छुनाग खोला, स्यार खोला, खुनग्यु, फुच्यून खोलामा रहेको काठेपुल बगाएको हो।  

स्थानीयले आउजाउ गर्न सजिलोका लागि हालेको काठेपुल बगाएपछि एक गाउँबाट अर्को गाउँ जान, गुम्बा जान, चौँरी याकलाई चरन क्षेत्रमा लैजान समस्या भएको स्थानीय निमा लामाले बताए। बाढीका कारण पैदलमार्ग पनि ठाउँ ठाउँमा भत्किएको छ। ‘अहिले वर्षात भईरहेको छ, आउजाउलाई समस्या हुने ठाउँहरुमा छिटो निर्माण गर्ने तयारी गरिरहेका छौँ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने। वर्षात भईरहँदा पुल मर्मत गर्न भने समस्या भएको छ। ढुवानीको एकमात्र माध्याम खच्चड हिँडाउन र मानिस आउजाउ गर्न नमिल्ने भएपछि स्थानीय समस्या परेका छन्। गोरखामा तीन दिन यता हरेक दिन वर्षात भईरहेको छ।  

 

प्रकाशित: ८ असार २०७७ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App