सांसद बजगाईँद्वारा बिरामीको उद्धार
सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।
सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।
उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा एक अर्को गाउँ जोड्ने काठेपुल बाढीले बगाएको छ। लगातारको वर्षातपछि सोमवार बिहानसम्म बाढीले नाकी खोला, छुले खोला, छुनाग खोला, स्यार खोला, खुनग्यु, फुच्यून खोलामा रहेको काठेपुल बगाएको हो।