१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सांसद बजगाईँद्वारा बिरामीको उद्धार

सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार  बिहान आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरेका छन्।

अति दुर्गम उत्तरी गोर्खाको चुम्नुब्री छेकम्पारका ७२ वर्षीय फुन्जो लामालाई काठमाडौं ल्याइएको हो। ‘हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा तल ओर्लिनु पर्छ,’ उनले राजधानी फर्केपछि नागरिकसँग भने, ‘तल ओर्लिने बाटो छैन। हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प छैन।’ 

अझ यस्तो उद्धारमा प्रशासनिक झमेला हुने गरेको उनले बताए। खास गरी यस क्षेत्रमा हवाइजहाज उडाउँदा चीनको आपत्ति हुने ठानेर मन्त्रीदेखि स्थानीय प्रशासनसम्मले अवरोध सिर्जना गर्ने गरेको सांसद बजगाईँले बताए।

केही वर्षयता उनले दुर्गम गाउँका बासिन्दाको हेलिकोप्टरमा उद्धार गर्दै आएका छन्। गम्भीर बिरामी फुन्जो लामालाई काठमाडौँमा उपचार हुने जानकारी बजगाईँले दिए।

प्रकाशित: १६ पुस २०८० ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App