१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

आर्सनलसँग लिभरपुल स्तब्ध

आर्सनलविरुद्ध बलका लागि संघर्ष गर्दै लिभरपुलका साडियो माने(बिच)। तस्बिर: एपी

भर्जिल भान डिज्कले आफूलाई असाधारण तरिकाले तानेको अपिल गर्दा गर्दै एलेक्जेन्डर लाकाजेटले टोलीका लागि बराबरी गोल फर्काउँदा च्याम्पियन बनिसकेको लिभरपुल बुधबार प्रिमियर लिगमा आर्सनलसँग २–१ ले पराजित भएको छ।  

२०औं मिनेटमा साडियो मानेको गोलबाट लिएको अग्रतालाई उल्टाउँदै भ्रमणकारी टोली लिभरपुललाई आर्सनलले स्तब्ध बनाएको छ। पराजित भएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले तीन वर्ष अगाडि बनाएको १०० अंक कीर्तिमान तोड्न नसक्ने भएको छ। उपाधि पक्का गरिसकेको लिभरपुलले अर्को साता मात्र ट्रफी उचाल्नेछ। तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।  

अग्रता लिइसकेको लिभपुरविरुद्ध आक्रामक देखिएको आर्सनलका लागि एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा भान डिज्कको खुट्टाबाट कौशलतापूर्वक बल खोस्दै खेल १–१ को अवस्थामा ल्याएका थिए। पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा रेइस नेल्सनको गोलबाट आर्सनलले अग्रता उल्टायो। बराबरी गोल फर्काएका लाकाजेटकै पासमा नेल्सनले गरेको उक्त गोल नै लिभरपुलका लागि कीर्तिमानको तगारो बन्यो।  

पहिलो ३० मिनेटसम्म हाबी देखिएको भ्रमणकारी टोली लिभरपुलले महामारीपछिका सात खेलबाट चार खेलमा अंक गुमाएको छ। आर्सनलसँग पराजित भएको लिभरपुल यसअघि म्यानचेस्टर सिटीसँग  ४–० ले हारेको थियो। एर्भटन र बर्नलीसँग बराबरी खेल्दै अंक बाँडेको थियो।

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।  

 ‘लाकाजेटले गरेको गोल उपहारको रूपमा दिन पुग्यौं,’ भान डिज्कले भने, ‘मैले र टोलीले यसै गरी अवसर दियौं भने नतिजा निकाल्न कठिन हुन्छ। आगामी खेलमा यस्तो गल्ती दोहो-याउनुहुन्न।’

यस्तै आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले शनिबार म्याचेस्टर सिटीसँग हुने एफए कपको सेमिफाइनल खेलका लागि केन्द्रित रहेको संकेत देखाएका छन्। आर्सनलका मुख्य हतियारको रूपमा पिरे इमेरिक औबामेयाङलाई बेन्चमा आराम दिएका थिए। अघिल्लो खेलमा टोटेनह्यामसँग २–१ ले पराजित भएपछि अर्टेटाले पाँच खेलाडी परिवर्तन गर्दै बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदान उतारेका हुन्।

माेहम्मद सालाह

  

जितपछि आर्सनलले युरोपियन फुटबल च्याम्पियनसिपको सम्भावना जीवितै राखेको छ। आर्सनल प्रिमियर लिगको नवौं स्थानमा उक्लिएको छ। चौथो स्थानको लेस्टरभन्दा आर्सनल ६ अंकले पछाडि छ।  

‘जितले एफए कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको टोलीको मनोबल बढेको छ,’ आर्सनलका प्रशिक्षक अर्टेटाले भने, ‘बलियो प्रतिद्वन्द्वीविरुद्ध नतिजा निकाल्नु  टोलीको राम्रो लक्षण हो। टिम राम्रो छ भन्ने संकेत हो। कहिलेकाहीं भाग्यले पनि साथ दिनुपर्छ। आजको जित भाग्यको उपज हो।’

कीर्तिमाननजिक पुगेको टोली लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले केही घटनालाई आलोचना गरे।  

‘खेलमा एकाग्रताको कमी देखियो,’ प्रशिक्षक क्लोपले भने, ‘हामीले जारी सिजन धेरै ग¥यौं। आजको खेलमा भएको गल्तीबाट पाठ सिक्दै आउँदा दिनमा सच्याएनौं भने फुटबल लक्ष्य पूरा हुँदैन।’

लिगमा दुई खेल खेल्न बाँकी लिभरपुल ९३ अंकका साथ शीर्ष स्थानमा छ। बाँकी दुवै खेल जिते पनि लिभरपुलको अब ९९ अंक मात्र हुनेछ। प्रिमियर लिगअन्तर्गत बुधबारकै खेलमा छैटौं स्थानमा रहेको उल्भरह्याम्पटनले बर्नलीसँग १–१ को बराबरी खेल्यो। अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले बर्नमाउथमाथि २–१ को जित निकाल्दा ह्यारी केन चम्किएको टोटेनह्यामले न्युक्यासल युनाइटेडलाई उसैकौ मैदानमा ३–१ ले हरायो।

प्रकाशित: २ श्रावण २०७७ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App