१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुल उपाधि कुर्न बाध्य

शीर्ष स्थानको लिभरपुलले मर्सिसाइड डर्बी प्रतिस्पर्धा आइतबार एभर्टनससँग गोलरहित बराबरीमा टुंग्याएपछि उपाधि उचाल्न अझैं कुर्नुपर्ने भएको छ ।  

चेल्सीले उत्कृष्ट पुनरागमनसहित एस्टन भिल्लामाथि सफलता निकाल्दा लिभरपुलले भने डर्बी प्रतिस्पर्धामा निकै संघर्ष गर्नुपरेको थियो । इङ्लिस प्रिमियर लिग फर्किंदा योर्गान क्लोपको टोली लिभरपुललाई ३० वर्षपछि इङ्लिस उपाधि उचाल्न दुई जित मात्र आवश्यक थियो । तर, १ सय ६ दिनको लकडाउनपश्चात् फर्किएको लिभरपुल राम्रो लयमा देखिएको छैन ।  बन्द रंगशाला गोडिसन पार्कमा लिभरपुलको त्यति राम्रो लय नदेखिए पनि दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ ।

सिटीले आगामी सोमबारको खेलमा बर्नलीसँग अंक गुमाए लिभरपुलले बुधबार एन्फिल्डमा क्रिस्टल प्यालेसविरुद्ध जित निकालेसँगै ३० वर्षपछि इङ्लिस उपाधि उचाल्नेछ ।  तर, सिटीले बर्नलीमाथि जित रचेमा भने लिभरपुलको उपाधि जित्न जुलाई २ को खेल नै कुर्नुपर्नेछ । उक्त दिन लिभरपुलले पेप ग्वार्डिओलाको टोली सिटीविरुद्ध खेल्नेछ भने त्यो दिन यस सिजनको उपाधि होडका लागि निर्णायक बन्न सक्छ । लिभरपुलले सबै प्रतियोगितामा गरेर आफ्ना पछिल्ला सात खेलमा दुई जित मात्र निकालेको छ ।  

फिटनेस समस्याका कारण मोहम्मद सालाहबिनाको खेलमा लिभरपुलसँग एन्ड्य्रु रोबर्टसन पनि उपलब्ध थिएनन् ।

‘यो वास्तवमै उत्कृष्ट प्रतिस्पर्धा थियो । दुवै टोलीले यो डर्बी प्रतिस्पर्धा हुने भन्ने मूल्यांकनसहित खेले,’ क्लोपले भने, ‘अधिकांश समय हामीले उनीहरूलाई दबाबमा राखे पनि एभर्टभनले पनि ठूलो अवसर सिर्जना ग¥यो । हामीले खेलमा त्यति राम्रो स्पेस पनि बनाउन सकेनौं र त्यसैले राम्रो अवसरका लागि कठिन बन्यो ।’ फिटनेस समस्याका कारण मोहम्मद सालाहबिनाको खेलमा लिभरपुलसँग एन्ड्य्रु रोबर्टसन पनि उपलब्ध थिएनन् । लिभरपुलले दोस्रो हाफमा मात्र राम्रो अवसर सिर्जना गर्दा नेबी केइटाको प्रहार बाहिरिएको थियो भने भर्जिल भान डिज्कको हेडरलाई एभर्टनका गोलकिपर जोर्डन पिकपोर्डले बचाए ।  

एक समय एभर्टन पनि खेलमा जितनजिक पुग्दा डोमिनिक काल्भार्ट लेविनको ब्याकहिल सट लिभरपुलका गोलकिपर एलिसन बेकरले बचाए र टम डेभिजको प्रहार भने पोस्टमा लागेर बाहिरियो । त्यसअघि भएको खेलमा फ्रान्क लाम्पार्डको टोली चेल्सीलाई क्रिस्टियन पुलिसिकले च्याम्पियन्स लिगको यात्रामा बलियो बनाउन साथ दिए । एस्टन भिल्लाले सुरुआती गोल गर्दै अग्रता बनाए पनि चेल्सीले पुलिसिकको गोलमार्पmत पुनरागमन ग¥यो । भिल्लाका कोर्ट्ने हाउसेले पहिलो हाफ सकिनु अगाडि गोल गर्दै चेल्सीलाई दबाबमा राखे । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका पुलिसिकले बराबरी गोल फर्काए ।

त्यसको दुई मिनेटपछि ओलिभर जिरौडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । जिरौडको सिजनको चौथो गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । त्यो जितसँगै चौथो स्थानको चेल्सीले पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग पाँच अंकले दूरी बढाउँदै आगामी सिजनको च्याम्पियन्स लिग यात्रामा पकड जमाएको छ ।
एएफपी

प्रकाशित: ९ असार २०७७ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App