६ आश्विन २०७७ मंगलबार

बार्टीलाई गल्फमा सफलता

बार्टी यसअघि नै क्रिकेटर रहिसकेकी छिन्। उनले बिग ब्यास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सिजनमा ब्रिसबेन हिटबाट खेलेकी थिइन्।

सिपिएल उपाधिका लागि ट्रिनबागो र जुक्स भिड्ने, सन्दीप आबद्ध जमैका प्रतियोगिताबाट बाहिरियो

क्यारेबियन प्रिमियर लिग सिपिएल टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि ट्रिनबागो नाइट्राइडस र सेन्ट लुसिया जुक्सबीच उपाधि भिडन्त हुने भएको छ।

औबामेयाङ आर्सनलमै रहने विश्वास

‘औबामेयाङ मेरा लागि कति महत्वपूर्ण छन् भन्ने उनलाई राम्रोसँग थाहा छ । म उनीसहितको टोली बनाउन चाहन्छु । मेरो विचारमा उनी पनि यहीं बस्न चाहन्छन्, यो सबै सम्झौताबाट हुने कुरा पनि हो ।’

उपाधि कति औपचारिक कति अनौपचारिक ?

गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पद्वी दिइराखेको भाइ ?’

‘फर्गुसनको समयभन्दा उपाधि जित्न कठिन’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले सर एलेक्स फर्गुसन टोली प्रशिक्षक रहँदाको समयभन्दा अहिले उपाधि जित्न कठिन रहेको बताएका छन् ।

युभेन्ट्सको उपाधियात्रा थप मजबुत

लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।

उत्कृष्टता पुनःप्रमाणित गर्‍यौं: लेवान्डोवस्की

लगातार आठाैँ पटक बुन्डेसलिगाको उपाधि जितेसँगै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले आफूहरूले आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेको बताएका छन् ।

ग्यालेक्सीका उमेश नेपाल च्याम्पियन

झापा दमकमा रहेको ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेस्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।

उपाधिको दौडमा सिक्किम

जावलाखेल युथ क्लब, ललितपुरलाई टाइबे्रकरमा ३–१ ले हराउँदै पाहुना टोलीले कञ्चनजंघा फुटबल क्बल, सिक्किमले उपाधिको दौडमा आफूलाई उभ्याएको छ।

मनाङ र पुलिसबीच प्रतिष्ठाको लडाई

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप उपाधिका लागि शनिबार यस प्रतियोगिताका सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दि र नेपाल पुलिस आमनेसामने हुँदैछन्।

महावीर क्लब बालुवाटारसँग स्तब्ध

महावीर क्लबमाथि ६ विकेटको जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले बिहीबार काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको उपाधि उचालेको छ।

उदयपुर स्पोर्ट्स विजयी

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्ट्स क्लब गाईघाटले चुमेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्