४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तापखोला पुल शिलान्यास

तापखोला पुल शिलान्यास गर्दै प्रदेशसभा सांसद राजन राई । तस्बिर : नागरिक

खोटाङको केपीलासगढी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक शिलान्यास गरिएको छ । केपीलासगढी गाउँपालिका–३ बाँसपानीको राँटी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जोड्ने तापखोला पुल शनिबार प्रदेश नम्बर १ को सांसद राजन राईले शिलान्यास गरेका हुन् । 

साविकको सदरमुकाम दिक्तेलबाट केपीलासगढी गाउँपालिका पुग्ने छोटो दुरीको सडक खण्डमा पर्ने तापखोलामा प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको बजेटबाट ३५ मिटर लम्बाई र ८.४० मिटर चौंडाई भएको मोटरेबल पुल निर्माण गर्न लागिएको हो ।  

निर्माण कम्पनी रौता कन्ट्रक्सनले भ्याटसहित ७ करोड ६१ लाख २४ हजार ५४३ को लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको हो । २०७८ साल मंसिर ७ गते सम्पन्न गर्ने शर्तमा रौता कन्ट्रक्सनले गत जेठ ८ गते पुल निर्माणको सम्झौता गरेको जानकारी दिइएको छ । केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर र खार्मी जोड्ने २५ मिटर लम्बाई भएको पुल निर्माण भइरहेको अवस्थामा पुःन सोभन्दा माथि खार्मी र बाँसपानी जोड्ने अर्को मोटरेबल पुल निर्माण सुरु गरिएको हो । दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक साविकको सदरमुकाम दिक्तेलबाट केपीलासगढी गाउँपालिका पुग्ने सवैभन्दा छोटो दुरीको सडक भए पनि हालसम्म बेवास्तामा पर्दै आएको छ ।  

पुल शिलान्यास कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन, राजनैतिक दलका नेता, प्रशासन, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो । यसपल्ट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख बजेटबाट प्राप्त भएपछि खार्मीको हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि–तापखोला (७ किलोमिटर) सडक खण्ड स्तरोन्नती गरिएको स्थानीय समाजसेवी ईखबहादुर राईले बताए ।  

 

 

प्रकाशित: ६ असार २०७७ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App