१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल पुलिसको लगातार तेस्रो जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले साबिक विजेता न्यु डायमन्ड स्पोटर््स क्लबलाई बिहीबार ३–० को सोझो सेटमा पराजित गरेको थियो। स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यु डायमन्डमाथि २५–११, २५–१७, २५–१५ को स्कोर निकालेको थियो।

गण्डकी, पुलिस र आर्मी विजयी

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुआत गरेका छन्।

उपाधि जित्ने दुवै टोलीको दाबी: एपिएफलाई पुलिसको चुनौती

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन्।

चेल्सीको सहज जित

अनुभवी रोमेलु लुकाकुविना मैदान उत्रिएको चेल्सीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा मंगलबार फ्रान्सको लिलेलाई २–० ले पराजित गर्दा इटालीको युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

हिमालयनलाई रोक्दै पुलिस क्वार्टरफाइनलमा

खेलको ५३औं मिनेटमा पुलिसले अग्रता लियो। तीर्थ रानामगरले मैदानको दायाँ साइडबाट दिएको क्रसलाई नीरकुमार राईले जाली चुमाए। विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा उनले बायाँ साइड च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

जुनुमाया र सन्जुको राष्ट्रिय कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्जु चौधरीले सिनियर महिला ५९ केजी तौल समूहमा आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान सुधार गरिन्।

‘ए’ डिभिजन लिगः राजधानीबाहिर इतिहास बनाउँदै पोखरा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले शनिबार एउटा इतिहास रच्दैछ। २०११ सालदेखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले ६७ वर्षपछि काठमाडौं बाहिर पहिलोपटक पोखरामा लिगको खेल शुरु गरेर नयाँ इतिहास रच्न लागेको हो।

विभागलाई विदेशी खेलाडीको चासो

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विभागीय क्लबहरूले पनि फिफा र एएफसीको निर्देशिकाअनुसार क्लब लाइसेनिङ प्राप्त गरिसकेकाले टोलीले विदेशी खेलाडी भित्र्याएको खण्डमा विभागीय टोली पनि लिगको दाबेदार टोलीका रूपमा आउने बताएका छन्।

विराट गोल्डकपः उपाधिका लागि पंजाब पुलिस र सशस्त्र प्रहरी भिड्दै

भारतको पंजाब पुलिस क्लबले विराटनगरमा जारी विराट गोल्डकपको फाइनल यात्रा तय गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पंजाबले काठमाडौंको संकटा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

विराट गोल्डकपः क्वाटरफाइनलमा पंजाब पुलिस, अन्तिम समयमा आएन मनाङ

भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।

महिला राष्ट्रिय भलिबल: पुनरागमनमा पुलिसलाई सफलता

दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबिबी एनभिए महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ।

काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो।

मेयर कप किक्रेट: पुलिस शीर्ष स्थानमा बस्दै फाइनलमा

नेपाल पुलिस क्लब काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले काठमाडौं मेयर ११ माथि १ सय ३ रनको जितका साथ प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्