१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकी, पुलिस र आर्मी विजयी

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुआत गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकालेको थियो। पहिलो जितसँगै गण्डकीले तालिकामा तीन अंक जोड्न सफल भएको छ। यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो। पुलिसले २५–१५, २५–१७, २५–२२ को सेटमा जित निकालेको हो।

आइतबार नै भएको दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। आर्मीले एपिएफमाथि २५–२३, २५–१८ र २५–२२ को सेटमा जित निकाल्दै आइतबारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो। यससँगै आर्मीले पनि अंकतालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ भने एपिएपफले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

प्रतियोगितामा सोमबारबाट महिलातर्फका खेल हुनेछन्। जसअनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने महिलातर्फको दिनको दोस्रो खेल एपिएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। यस्तै पुरुषतर्फ भने तीन खेल हुनेछन्। पुरुषतर्फ दिनको पहिलो खेल हेल्प नेपाल स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, दोस्रो खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल एपिएफ र गलकोट स्पोर्ट्स क्लबबीच हुनेछन्।

वैशाख २४ गतेसम्म सञ्चालन हुने लिगमा महिलातर्फको खेलमा भने विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेस्ट मावि छन्। पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब छन्।

लिगमा महिला पुरुष दुवैतर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ। लिगको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ।

लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।

प्रकाशित: १९ वैशाख २०७९ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App