१९ आश्विन २०८१ शनिबार
image/svg+xml

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

यस्तै सन्दीप क्षेत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे। गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिए। यस्तै नरेन साउदले एक विकेट लिए।

महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय महिला क्रिकेटमा स्वर्ण पदक हात पार्न सफल भएको छ।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

पुलिस र लुम्बिनी अन्तिम चारमा

विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

दुई पुलिसको विजयी सुरुआत

विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्