१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ। 

शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो। वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

 उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए। आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १-१ विकेट लिए। पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। 

उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए। रोहितकुमार पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए भने कुशल मल्लले १३ तथा भीम सार्कीले ११ रन बनाए । पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २-२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १-१ विकेट हात पारे। यस जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ।    

प्रकाशित: ३१ भाद्र २०७९ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App