७ वैशाख २०८१ शुक्रबार
खेल

लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य

फाइल तस्बिर

लुम्बिनी प्रदेशले प्रधानमन्त्री एकदिवसी पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ८९ रनको लक्ष्य दिएको छ।  

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

 विशाल बिक्रम केसीले ३० रन जोड्दा प्रज्वल थापाले २३ रन बनाए।  पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने करण केसी र सागर ढकालले २–२ तथा गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App