३ पुस २०८१ बुधबार
image/svg+xml

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

एक करोड रुपैयाँ लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन्।

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।

चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए। उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ।

सय रुपैयाँले बढ्यो कुखुराको मासु: उपभोक्ता मारमा

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङ्लिङ बजारमा केही साता यता मासुको मूल्य प्रतिकिलोग्राम रु. १०० ले वृद्धि भएको हो।

डिजिटल तराजुमा तौल घटाएर कुखुरा किसानलाई ठगी

गोरखाबाट कुखुरा अन्यत्र ढुवानी गर्ने क्रममा सप्लायर्सबाट किसान ठगिने गरेको भेटिएको छ। बिक्रीका लागि तयार भएको कुखुरा खरिद गर्न आएका सप्लायर्सले डिजिटल तराजुमा कम तौल कायम गराएर किसान ठगेका हुन्।

कुखुराको दाना बोकेकाे ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

बेच्न नपाइने डरले जेठमा कुखुरापालकले खोरमा चल्ला नै कम हाले, परिणामस्वरूप अहिले माग बढेको बेला कम उत्पादन भयो र भाउ अकासियो।

बिकेन कुखुरा, किसान मारमा

१ सय ३५ रुपैयाँमा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो २ सय रुपैयाँमा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ। दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ।

ब्रोइलर कुखुरा फर्ममा आगलागी, चार लाख बढीको क्षति

दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी बजारका अशोक राईको ब्रोइलर कुखुरा फर्म जल्दा करिब ४ लाख २६ हजारको क्षति भएको हो।

पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी

सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।

सानो सहयोग, ठूलो उपलब्धी

वडा कार्यालयले स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सय भन्दाबढीलाई स्वरोजगार बनाइएको छ ।

डाक्टरको सहयोगले कालापहाड जाने रोकिए

फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए । दुई लटमा गरेर गाउँमा अहिले तीन हजार कुखुराका चल्ला पुगेका छन् । इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन् ।

आयआर्जनका लागि कुखुरा वितरण

बराहताल गाउँपालिका–६ इखेनीका गंगाराम कसेराको परिवार अधिकांस समय कामका लागि कालापहाडमा हुन्थ्यो। दशैं–तिहार र नयाँ वर्षमा मात्रै बस्तीमा पुग्ने कसेरा परिवार कोरोना संक्रमणपछि गाउँमै छ।

स्थानीय कुखुरापालनमा आर्कषण

पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन्। यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्