५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार,आगलागी बिद्युत सर्ट भई भएको हो। राती लागेको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान साढे तीन बजे नियन्त्रणमा आएको थियो।  

आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलीका सामान, गोदाममा  भएको दाना लगायतमा क्षती भएको छ। उद्योग धनीका अनुसार, साढे एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ भाद्र २०७९ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App