‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’
सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।