गगन थापाको प्रश्न : के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि जनमत संग्रहको विषय गम्भीर भएको बताए।