१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई कांग्रेसद्वारा सम्मान

१३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

साहित्यकार रिजाललाई गर्गश्री सम्मान

गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय विराटनगरले साहित्यकार रमाप्रसाद रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको छ ।

सम्मानमा विभेद : 'सरकारले प्रशिक्षकको मूल्यांकन गर्न सकेन'

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान गर्ने भनेको थियो ।

करदातालाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

घरबहाल छुट गर्ने बुटवलका घरधनीलाई सम्मान

कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको हो ।

भानु जयन्तीका अवसरमा एक दर्जन बढी स्रष्टा सम्मानित

विराटनगरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशमा रहेर साहित्य, कलालगायतको क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई सम्मान गरेको हो । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् ।

लेटाङद्वारा महिला फुटबलरलाई सम्मान

उत्तरी मोरङको लेटाङ नगरपालिकाले दुई महिला फुटबलरलाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपाल दोस्रो भएको र त्यस टोलीमा लेटाङ घर भएकी दुई फुटबलरसमेतको सहभागिता रहेकाले लेटाङ नगरपालिकाको सातौं नगरसभामा उनीहरूलाई सम्मान गरेको हो ।

श्रीपति गुठीले माइती नेपाललाई सम्मान गर्ने

पोखराको श्रीपति गुठीले माईती नेपाललाई सम्मान गर्ने भएको छ । स्वर्गिय समाजसेवी श्रीपती कोइरालाको नाममा स्थापित श्रीपति गुठीले स्थापना गरेको ‘श्रीपति समाजसेवा पुरस्कार '२०७७' बाट माइती नेपाललाई सम्मान गरिने भएको हो ।

उपाधि कति औपचारिक कति अनौपचारिक ?

गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पद्वी दिइराखेको भाइ ?’

एक दर्जन स्रष्टा सम्मान गर्दै प्रदेश सरकार

प्रदेशका एक दर्जन बढी स्रष्टालाई प्रदेश १ सरकारले सम्मान गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेर भाषा, साहित्य, कला, रङकलालगायतको क्षेत्रमा विशेष योगदान पुर्याउने स्राष्टा सम्मान गर्न लगेको जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान

चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई ‘राष्ट्रिय अरनिको सम्मान’

प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान दिएका शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई एक लाख रूपैयाँसहित ‘राष्ट्रिय अरनिको सम्मान’ बाट सम्मान गर्ने भएको छ । यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ सात जना कलाकारहरूलाई प्रदान गरिने भएको छ ।

रोटरीद्दारा तीनजना सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काष्ठमाण्डप रोटरी क्लबले तीन जना प्रेरक महिलालाई सम्मानित गरेको छ।

गिट्टी कुट्दै गरेका श्रमिकलाई दोसल्ला ओढाएर सम्मान

कमलामाई नगरपालिका ६ की मसिना बयलकोटी यहाँको ग्वाङ खोलामा गिट्टी फुटाउदै थिइन्। उनलाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको पत्तो थिएन। उनलाई त्यस्ता दिवस आउन् जाउन् ख्याल र मतलब हुँदैन थियो।

निर्देशक ज्ञवालीसहित ३७ महिला सम्मानित

एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा न्यूनीकरणको आवाज उठाउने विभिन्न संघसंस्थामा आवद्ध महिलालाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्