१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रोटरीद्दारा तीनजना सम्मानित

काठमाडौं - अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काष्ठमाण्डप रोटरी क्लबले तीन जना प्रेरक महिलालाई सम्मानित गरेको छ। सामाजिक कार्यमा सक्रिय झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता), काठमाडौंकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरिएको हो।

तीनै जनालाई काठमाडौंमा आयोजित एक समारोहकाबीच कदर पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरियो।

क्लबका पास्ट प्रेसिडेन्ट प्रदीप श्रेष्ठ, फस्ट लेडी प्रिती थापा, पास्ट फस्ट लेडी उषा श्रेष्ठ, कोषाध्यक्ष कोषाध्यक्ष सोफी उपाध्याय, आईभीपी सञ्जिव रिजाल लगायतले सम्मानित व्यक्तित्वहरुलाई प्रमाण–पत्र, खादा लगायत हस्तान्तरण गरेका थिए।

झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको पक्षमा १५ वर्षदेखि क्रियाशिल छिन्। उनी सुस्त मनः स्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन्। कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ।

राई अनाथ बालबालिका र बज्राचार्य अटिजम भएका बालबालिकाको पक्षमा क्रियाशिल छन्।

विगत दश वर्षदेखि समाजमा पृथक काम गरेर फरक छाप बनाएका प्रेरणदायी महिलालाई संस्थाले सम्मान गर्दै आएको रोटरी क्लबका निराजन भट्टराईले बताए। उनका अनुसार वर्षेनी नेपालभरिबाट उत्कृष्ट नारी छानेर पुरस्कृत गरिँदै आएको छ।

सोही अवसरमा क्लबले सवारी दुर्घटनामा खुट्टा गुमाएका सन्तोष खनाललाई ह्वील चियर प्रदान गरिएको थियो।

 

प्रकाशित: २९ फाल्गुन २०७६ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App