१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

तेक्वान्दो विजेतालाई सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले सम्मान गरेको छ।

विरपूर्खा र इतिहासलाई सम्मान गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने बताएका छन्। चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताएका हुन्।

नागरिककर्मीसहित दश जना सम्मानित

सिद्धार्थ उद्योग वाणिज्य संघको ६१औँ साधरणसभा तथा अधिवेशनमा नागरिककर्मीसहित दश जनालाई सम्मानित भएका छन्।

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान

बर्दियाको गुराँस माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। सो अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकको रूपमा सोही विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारीलाई सम्मान गरेको छ।

तुरुन्त रगत उपलब्ध गराउनेलाई रेडक्रसको सम्मान

रगत अभाव हुँदा तुरुन्तै रगत उपलब्ध गराउने संस्था र व्यक्तिलाई नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीले सम्मान गरेको छ। दुर्घटना वा अन्य विपदमा रगतको अभावमा छटपटाई रहेका बिरामीलाई तुरुन्त रगत उपलब्ध गराई सहयोग गरेका संस्थालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ।

२५ व्यवसायीलाई सिआइपी सम्मान

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ।

नागरिककर्मी यादव सम्मानित

सगरमाथा चौधरी आँखा अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी मिथिलेश यादव सम्मानित भएका छन्। अन्धोपन निवारणको क्षेत्रमा नागरिक पत्रिकामार्फत समयसापेक्ष तथा परिणामुखी सूचना प्रवाहको कृतिमानी भूमिका निर्वाह गरेवापत अस्पतालले यादवलाई सम्मानित गरेको हो।

‘अग्रजको सम्मान गर्न जान्नुपर्छ’

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुलिखेल पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका छन्। शनिबार धुलिखेल–५ वरपरका ज्येष्ठ नागरिकहरूलाई उनले सम्मान गरेका थिए।

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सागमा चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक विजेतासहित १३ जना खेलाडी र पाँच जना प्रशिक्षकलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय आचार्यलाई

निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वजलस्रोत मन्त्री शैलजा आचार्यलाई मरणोप्रान्त नेपाल ऊर्जा ज्योती सम्मान’ प्रदान गर्ने भएको छ।

टोपीलाई युनेस्को सम्मान

किर्गिस्तानमा पुरुषहरुले लगाउने एक प्रकारको टोपीलाई युनेस्कोले अमूर्त सम्पत्ति भनी मान्यता दिएको छ। ‘एक–कल्पक’ नामक यो टोपीका कारण किर्गिस्तानको पर्यटनमा बढावा दिने अपेक्षा त्यहाँका जनताको छ।

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

ज्येष्ठ पूर्वराजदूतलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्