१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

डा. सुवेदी र राई सम्मानित

खोटाङ– खोटाङ सेवा समाज यूकेले ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ।

हाल बेलायतमा बसोबास गरिरहेका खोटाङवासीले सन् २००७ मा स्थापना गरेको समाजले खोटाङका शिक्षाविद् जयकुमार राईलाई ‘नागरिक सम्मान’ तथा साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो। 

राजधानी काठमाडौंमा शनिबार एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो। शिक्षाविद राईलाई ५० हजार र ताम्रपत्र तथा प्राध्यपक डा. सुवेदीलाई २५ हजार र ताम्रपत्र प्रदान गरिएको हो।

उनीहरुलाई चलचित्र निर्देशक तुलसी घिमिरेले दोसल्ला ओढाएर सुर्केथैलीमा राखिएको नगद तथा ताम्रपत्र हस्तान्तरण गरे। 

प्रकाशित: ६ पुस २०७६ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App