६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

‘अग्रजको सम्मान गर्न जान्नुपर्छ’

बनेपा – हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुलिखेल पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका छन्। शनिबार धुलिखेल–५ वरपरका ज्येष्ठ नागरिकहरूलाई उनले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै उनले अग्रजलाई माया गनुपर्ने संस्कार नयाँ पुस्ताहरू सिक्नुपर्ने बताएका थिए। ‘मैले आफूभन्दा अग्रज ज्येष्ठ नागरिकहरूलाई सम्मान नभएर पूजा गरेको हुँ। हामीले अग्रजलाई माया र सम्मान गर्नुपर्ने ज्ञान नयाँ पुस्तालाई सिकाउनु जरुरी छ,’ उनले भने। कार्यक्रममा धुलिखेल श्रीखण्डपुर र चौकोट क्षेत्रका ४६ ज्येष्ठ नागरिकहरूलाई सम्मानका गरिएको थियो।

श्रीखण्डपुर युवा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजको हितमा परिचालिन गर्नुपर्ने बताए। ‘एक पुस्ताबाट अर्को पुस्तामा हुने विभेदको अन्त्य गरेर ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा सुरक्षित बस्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको छ,’ उनले भने।

प्रकाशित: २० माघ २०७६ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App