१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय आचार्यलाई

काठमाडौं - निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वजलस्रोत मन्त्री शैलजा आचार्यलाई मरणोप्रान्त नेपाल ऊर्जा ज्योती सम्मान’ प्रदान गर्ने भएको छ। इप्पानले बुधबार विज्ञप्ति जारी गरेर आचार्यले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकाको महत्वलाई आत्मसाथ गरी निजी क्षेत्रलाई प्रवेश गराउन नीतिगत रुपमा दूरगामी र परिवर्तनकारी योगदान गरेको भन्दै उनलाई मरणोप्रान्त सम्मान गर्न लागेको जनाएको छ।

२०५४ मा उपप्रधान मन्त्री एवं जलस्रोत मन्त्री भएका बेला निजी क्षेत्रले उत्पादन गर्ने विद्युत् खरिद दर (पिपिए) प्रतियुनिट ३.२० पैसा कायम गरी नेपालमा निजी क्षेत्रले जलविद्युत्मा लगानी गर्नका लागि ढोका खोल्ने काम उनले गरेकी थिइन्। एक लाख राशीको सो सम्मान इप्पान अध्यक्षसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष र ऊर्जा क्षेत्रका विज्ञ रहेको निर्णायक समितिले छनोट गरेको हो। उक्त पुरस्कार इप्पानको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिने इप्पानले जनाएको छ।

नेपालको ऊर्जा क्षेत्रमा विभिन्न किसिमले विशिष्ट योगदान पु¥याउने लगानीकर्ता, राजनीतिज्ञ, इन्जिनियर, पत्रकार, संघसंस्था आदिलाई प्रदान गर्ने गरी पहिलो पटक इप्पानले सो सम्मान स्थापना गरेको जनाएको छ। सरकारले बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४९ मा ल्याएको विद्युत् ऐनबाट जलविद्युत् आयोजनामा निजी क्षेत्रले लगाउन पाउने व्यवस्थासँगै इप्पानको सन् २००१ मा इप्पान स्थापना भएको हो।

नेपालमा हालसम्म सरकारी र निजी क्षेत्रबाट ११ सय मेगावाट विद्युत् उत्पादन भएकामा निजी क्षेत्रबाट मात्र ६ सय ३३ मेगावाट उत्पादन गरेको छ। हालसम्म निजी क्षेत्रबाटै ६ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन छन्। १५ हजार मेगावाट बराबरको आयोजनाको अध्ययन निजी क्षेत्रबाट अघि बढेको छ।

प्रकाशित: १७ पुस २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App