लागुऔषध सहित ४ जना पक्राउ
लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित सर्लाही प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित सर्लाही प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई हिमालयन ट्रष्ट नेपालले अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ। हिमालयन ट्रष्ट नेपालले सरकारबाट प्राप्त हुने भन्दा फरक (स्थानीय स्तरमा आवश्यक) औषधी खरिद गरि बुधबार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो।
नेपालगन्जको विपी चोकस्थित नजिक रहेका ३ वटा पसलमा बुधबार राती आगलागी हुँदा करोडौंको क्षति भएको छ। राती साढे १० बजेतिर मेडिकल कलेज अगाडि रहेका दुई वटा मेडिकल र एउटा जनरल स्टोरमा आगलागी भएको हो।
१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।
तपाईं होमियोप्याथी उपचारमा जाँदै हुनुहुन्छ ? गलत उपचारमा पुग्नु त भएन ? सचेत हुनुहोस् है । नेपालमा पछिल्लो समयमा होमियोप्याथी उपचारमा विकृति बढ्दै गएको होमयिोप्याथी चिकित्सकहरुले बताएका छन्।
आउँदो फागुन १२ देखि १४ गतेसम्म यहाँका साँढे एक लाख नागरिकलाई हात्तीपाइले अर्थात् फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ । भर्खरै जन्मेका देखि २ वर्ष माथिकालाई हात्तीपाइले रोग विरुद्धको डाईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउने तयारी भईरहेको छ ।
सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।
चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको छ। जिल्ला अस्पतालमा औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन्।
कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।
रोल्पाको एक मात्र अस्पताल लगायत गाउँका स्वास्थ्य संस्थामा औषधीको अभाब भएको छ। सरकारले निशुल्क दिने भनिएका औषधी पनि अस्पतालमा छैनन्।
जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटका ४४ वर्षीय सानुकान्छा भुजेल जेठ १ गते देखि हनहनी आएको ज्वरोले एक साता बढी थलामै परे।
सदरमुकामबाट दुई घण्टा टाढा रहेको रोवा गाविसको ढुङ्गेधारा स्वास्थ्य चौकीको औषधी लिन जिल्ला स्वास्थ्य कार्यालय आउँदै गरेका कार्यालय सहयोगिको भिरबाट खसेर मृत्यु भएको छ।
औषधी विज्ञान तर्फ २०१६ को नोवल पुरस्कार जापानी वैजानिक योशिनोरी ओसुमीलाई प्रदान गरिएको छ। ओसुमीलाई उनले सन् १९९० को दशकमा पत्ता लगाएको मेकानिजम फर अटोफेजी नामक खोजका लागि नोबल पुरस्कार प्रदान गरिएको हो।
नेपाल औषधी लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले ६ वर्षअघि बन्द भएको उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो। 'नेपाल औषधी लिमिटेड तत्काल सञ्चालन गर्ने निर्णय भएको छ,' आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै उद्योगमन्त्री नविन्द्रराज जोशीले भने, 'व्यवस्थापन निजी क्षेत्रले हेर्ने गरी उद्योग चलाउने निर्णय भएको छ।'
काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ।